सात कक्षामा पढ्ने बालकले बनाए ड्रोन

प्रकाशित मिति :2018-02-06 10:27:28

काठमाडौं / काँडाघारीस्थित अक्षरा स्कुलमा अध्ययनरत विद्यार्थीले ड्रोन बनाएका छन् । कक्षा ७ मा पढ्ने बालक केल्भिन संग्रौला एक्लैले ड्रोन बनाएका हुन् ।
आफुले बनाएको ड्रोन उनले अक्षरा शैक्षिक प्रदर्शनीमा उडाएर देखाए । अक्षरा स्कुलले कलेज स्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरे पनि सात कक्षामा पढ्ने बालकले ड्रोन बनाएर उँडाएको सम्भवतः नेपालकै पहिलो घटना भएको दाबी गरेको छ । सहभागी विद्यालयका सबै विद्यार्थीले शैक्षिक प्रर्दशनीमा विभिन्न शैक्षिक स्टल राखेका थिए ।
विद्यालयकी प्रिन्सिपल अञ्जु भट्टराईले प्रर्दशनीमा विज्ञान, नेपाली, इतिहास, भूगोल, प्रदेश, जलविद्युत्, सडक, कम्प्युटर, मोबाइल र यससँग सम्बन्धित सफ्टवेयरलगायत ६० स्टल राखिएको जानकारी दिइन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष राधेश्याम खड्काले विद्यालय सञ्चालक समितिका अध्यक्ष राधेश्याम खड्काले बताए ।
प्रदर्शनी हेर्नका लागी काँडाघारी आसपासका करिब २ दर्जन विद्यालयका विद्यार्थी र साथै अभिभावकहरु सहभागी थिए ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

विद्यालय तोडफोडको आरोपमा विद्यार्थी पक्राउ

काठमाडौं/२४ मंसिर– भरतपुर महानगरपालिका ८ गौरीगञ्जमा रहेको श्री माद्यमिक विद्यालयमा तोडफोड गरेको आरोपमा आइतबार बिहान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE