यी हुन् कारबाहीको सिफारिसमा परेका ४२ अनुहार

प्रकाशित मिति :2018-02-07 06:57:18

काठमाडौं / चिकित्सा शास्त्र शिक्षामा अनियमितता गरेको भन्दै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४ ले कारबाहीका लागि ४२ जनाको नाम सिफारिस गरेको छ ।
सिफारिसमा त्रिवि उपकुलपतिदेखि पदाधिकारीसँगै ४३ जनाको नाम समावेश गरेको छ । ९ महिना अगाडि गठित आयोगले आइतबार प्रतिबेदन सरकार समक्ष बुझाएको थियो ।
विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की अध्यक्ष, डा.उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका सह–सचिव सूर्यप्रसाद गौतम सदस्य सचिव आयोगले अनुसन्धान गरेको थियो ।

कसलाई के कारवाही

१) तीर्थराज खनियाँ, उपकुलपति– त्रिभुवन विश्वविद्यालय
काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन मुख्य भूमिका खेलेको आरोपमा तत्काल बर्खास्त गर्न तथा भविष्यमा सरकारी र अर्ध सरकारी लाभको पदमा नियुक्ति नगर्न सिफारिस ।

२) सुधा त्रिपाठी, रेक्टर– त्रिभुवन विश्वविद्यालय
काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन मुख्य भूमिका खेलेको आरोपमा तत्काल पदबाट बर्खास्त गर्न र भविष्यमा सरकारी र अर्ध सरकारी लाभको पदमा नियुक्त नगर्न सिफारिस ।

३) डिल्ली उप्रेती, रजिष्ट्रार– त्रिभुवन विश्वविद्यालय
काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन मुख्य भूमिका खेलेको आरोपमा तत्काल बर्खास्त गर्न र भविष्यमा सरकारी र अर्ध सरकारी लाभको पदमा नियुक्त नगर्न सिफारिस ।
४) लोकमानसिंह कार्की, पूर्व प्रमुख आयुक्त–अख्तियार दुरुपयोग अनुसन्धान आयोग
आफ्नो संवैधानिक पदको दुरुपयोग गरी काठमाडौं विश्वविद्यालय (केयू) मा सञ्चालित परीक्षामा हस्तक्षेप गरेको आरोपमा भविष्यमा कुनै पनि सरकारी र संवैधानिक नियुक्ति पाउन अयोग्य सिफारिस ।

५) अधिवक्ता नारायण खनाल– कानूनी सल्लाहकार, त्रिभुवन विश्वविद्यालय
सबै पदाधिकारीलाई कानून विपरीत सम्बन्धन दिलाउने कार्यमा गलत राय दिएको आरोपमा त्रिविको कानूनी सल्लाहकारबाट तुरुन्त हटाउने र अन्य सरकारी तथा अर्धसरकारी निकायमा भविष्यमा कानूनी सल्लाहकार र कुनै पदमा नियुक्त हुन अयोग्य सिफारिस ।

६) हीराबहादुर महर्जन, पूर्व उपकुलपति– त्रिभुवन विश्वविद्यालय
आफ्नो कार्यकालमा विद्यापरिषद्को अधिकार खोसेको, विद्यापरिषद्को निर्णय र डीनको अनुरोधलाई उपेक्षा गरी पूर्वाग्रही निर्देशन दिई डा.करबीरनाथ योगीको टोलीबाट काठमाडौं नेशनल मेडिकल कलेजको सम्भाव्यता अध्ययन गर्न पठाई इच्छानुकूल प्रतिवेदन पेश गर्न लगाएको, तत्कालीन कुलपति एवं प्रधानमन्त्रीको उपस्थितिमा विज्ञहरुको बैठकले गरेको निर्णयलाई जानाजान उपेक्षा गरेको र गलत क्रियाकलाप गरी कानूनको उलंघन गर्ने काम गरेको आरोपमा उपकुलपति पदबाट निवृत्त भईसके तापनि भविष्यमा विश्वविद्यालय लगायत सरकारीरअर्धसरकारी निकायमा नियुक्तिमा अयोग्य सिफारिस ।

७) डा. नीलमणि उपाध्याय, पूर्व रजिष्ट्रार– मेडिकल काउन्सिल
कानून भन्दा बाहिर गएर मेडिकल काउन्सिललाई गलत मार्गतिर लैजाने काममा मुख्य भूमिका खेलेको निर्णय प्रमाणित नगराई कार्यान्वयन गरेको, मापदण्ड कुल्चेर मेडिकल कलेजको सिट निर्धारणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप गराएको, अख्तियारको नाममा त्रसित बनाइ अन्य सदस्यलाई दबाब दिएर निर्णय गराएको, मेडिकल कलेजको निरीक्षणमा मापदण्ड विपरित काम गरेको र एकै समयमा दुई संस्थाबाट तलब खाएको आरोपमा भ्रष्टाचारमा अनुसन्धान तहकिकात गरी कारबाही र पेशागत चिकित्सासम्बन्धी कामबाहेक कुनै पनि सरकारी र अर्ध सरकारी निकायमा भविष्यमा लाभको पदमा नियुक्ति पाउन अयोग्य सिफारिस ।

८) डा.प्रकाशराज न्यौपाने, पूर्व प्रमुख– भक्तपुर क्यान्सर अस्पताल
कार्यविधिको विपरित हुने गरी कानून मिचेर आफ्नो अस्पताल वा अन्यत्र कतै काम नगर्ने डाक्टरहरुलाई छात्रवृत्तिसम्बन्धी सिफारिस गरी योग्य उमेद्वारलाई अध्ययन मौकाबाट बन्चित गरेको आरोपमा सरकारी र अर्धसरकारी पदमा नियुक्त हुन अयोग्य सिफारिस ।

९) डा. चीनबहादुर (सीबी) पुन, पूर्व कार्यकारी निर्देशक– वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
कार्यविधिको विपरित हुने गरी कानून मिचेर आफ्नो अस्पताल वा अन्यत्र कतै काम नगर्ने डाक्टरहरुलाई छात्रवृत्तिसम्बन्धी सिफारिस गरी योग्य उमेद्वारलाई अध्ययन मौकाबाट बन्चित गरेको आरोपमा सरकारी र अर्धसरकारी पदमा नियुक्त हुन अयोग्य सिफारिस ।

१०) डा.बीपी दास (बलभद्र दास), उपकूलपति– वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
अन्य प्रकृया पूरा नगरी स्पोन्सर सिफारिश आएको भन्ने निहुँमा मेरिट लिष्टमा रहेका प्रतिभाशाली विद्यार्थीहरुको हक छिन्ने र अप्रत्यक्षरुपमा चलखेल गरी अनियमित तवरले अयोग्य विद्यार्थीलाई भर्ना गरेर जानाजानी कानून विपरीत काम गरेको आरोपमा भविष्यमा कुनै पनि सरकारी र अर्धसरकारी नियुक्ति मनोनयनमा अयोग्य सिफारिस ।

पाँच वर्षसम्म सरकारी र अर्धसरकारी नियुक्तिमा रोक लगाउन सिफारिस गरिएकाहरु :

११) डा. दामोदरप्रसाद गजुरेल, पूर्व अध्यक्ष– नेपाल मेडिकल काउन्सिल
मेडिकल काउन्सिललाई कानून भन्दा बाहिर गएर गलत मार्गतिर लैजाने काममा मुख्य भूमिका खेलेको र निर्णय प्रमाणित नगराई कार्यान्वयन गरेको आरोप ।

१२) प्रा. भरत झा
मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको आरोप ।

१३) प्रा.डा. गोविन्दप्रसाद शर्मा
मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको आरोप ।

१४) प्रा.डा. त्रिलोकपति थापा
आरोपः मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।

१५) प्रा.डा. के बी. राउत
आरोपः मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।

१६) डा. मनोहरप्रसाद गुप्ता
मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको आरोप ।

१७) चन्द्रलाल श्रेष्ठ
मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको आरोप ।
१८) हिरेन्द्रमान अमात्य
मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको आरोप ।

१९) डा. सि.डी. चावला
केयूको पत्रअनुसार मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्ना गर्न स्वीकृति दिने गलत सिफारिस गरेको आरोप ।

२०) प्रा. श्यामसुन्दर मल्ल
केयूको पत्रअनुसार मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्ना गर्न स्वीकृति दिने गलत सिफारिस गरेको आरोप ।

२१) प्रा.डा. पन्ना थापा
एमबीबीएस कार्यक्रम शुरु गर्न पूर्वाधार पुगेको भनी मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई सिफारिस गरेको आरोप ।

२२) प्रा.डा. रमेशप्रसाद सिंह
एमबीबीएस कार्यक्रम शुरु गर्न पूर्वाधार पुगेको भनी मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई सिफारिस गरेको आरोप ।

२३) डा. जगदीश चटौत
एमबीबीएस कार्यक्रम शुरु गर्न पूर्वाधार पुगेको भनी मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई सिफारिस गरेको आरोप ।

२४) प्रद्युम्न श्रेष्ठ
एमबीबीएस कार्यक्रम शुरु गर्न पूर्वाधार पुगेको भनी मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई सिफारिस गरेको आरोप ।

२५) डा. रमेश कुमार अधिकारी
मापदण्ड नपुगेको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बढीमा ७५ जना विद्यार्थी अध्यापन गराउन सक्ने गलत प्रतिवेदन दिएको आरोप ।

२६) डा. रोहित श्रेष्ठ
मापदण्ड नपुगेको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बढीमा ७५ जना विद्यार्थी अध्यापन गराउन सक्ने गलत प्रतिवेदन दिएको आरोप ।

२७) डा. ओजस्वी नेपाल
मापदण्ड नपुगेको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बढीमा ७५ जना विद्यार्थी अध्यापन गराउन सक्ने गलत प्रतिवेदन दिएको आरोप ।

तीन वर्षसम्म सरकारी र अर्धसरकारी नियुक्तिमा रोक लगाउन कार्वाही सिफारिस गरिएकाहरु :
२८) प्रा. डा. करवीरनाथ योगी
काठमाडौं नेशनल मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरी गलत प्रतिवेदन दिएको र विज्ञको रुपमा कानून विपरित काम गरेको आरोप ।

२९) प्रा. डा. ज्योति शर्मा
विज्ञको रुपमा कानून विपरित काम गरेको आरोप ।

३०) प्रा. डा.केशवप्रसाद सिंह

विज्ञको रुपमा कानून विपरित काम गरेको आरोप ।

३१) प्रा.डा.प्रमोदकुमार श्रेष्ठ
विज्ञको रुपमा कानून विपरित काम गरेको आरोप ।

३२) प्रा. डा.परशुराम मिश्र
विज्ञको रुपमा कानून विपरित काम गरेको आरोप ।

३३) प्रा. डा.रामप्रसाद उप्रेती
विज्ञको रुपमा कानून विपरित काम गरेको आरोप ।

दुई वर्षसम्म सरकारी र अर्धसरकारी निकायको नियुक्तिमा रोकको कारवाही सिफारिस गरिएकाहरु :
३४) प्रल्हाद पन्त, त्रिवि
विज्ञको रुपमा कानून विपरित काम गरेको आरोप ।

३५) डा. अनिल झा
मेडिकल काउन्सिलबाट प्रारम्भिक निरीक्षण गर्दा मेडिकल काउन्सिल नियमावलीको निरिक्षण ढाँचा पूर्णरुपमा पालना नगरेको र विज्ञको रुपमा गलत प्रतिवेदन दिएको आरोप ।

३६) डा. शशि शर्मा
मेडिकल काउन्सिलबाट प्रारम्भिक निरीक्षण गर्दा मेडिकल काउन्सिल नियमावलीको निरिक्षण ढाँचा पूर्णरुपमा पालना नगरेको र विज्ञको रुपमा गलत प्रतिवेदन दिएको आरोप ।

३७) डा. सरोज श्रेष्ठ
मेडिकल काउन्सिलबाट प्रारम्भिक निरीक्षण गर्दा मेडिकल काउन्सिल नियमावलीको निरिक्षण ढाँचा पूर्णरुपमा पालना नगरेको र विज्ञको रुपमा गलत प्रतिवेदन दिएको आरोप ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद् सदस्य र डीनबाट हटाउन सिफारिस गरिएका 
३८) ताराप्रसाद सापकोटा, डीन, कानून संकाय– त्रिभुवन विश्वविद्यालय

सर्वोच्च अदालतको अवहेलनाको फैसलाको गलत व्याख्या गरी सम्बन्धन दिन–दिलाउन अन्य पदाधिकारीहरुसँग संलग्न भएको आरोप ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद् सदस्यबाट हटाउन सिफारिस गरिएकाहरु :
३९) रामप्रसाद खतिवडा, डीन, विज्ञान संकाय– त्रिभुवन विश्वविद्यालय

पदअनुकूलको काम, कर्त्व्य पालन र आचरण नगरेको र काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन–दिलाउन संलग्न भएको आरोप ।

४०) राजेन्द्र पौडेल, त्रिवि कार्यकारी परिषद् सदस्य
पदअनुकूलको काम, कर्तव्य पालन र आचरण नगरेको र काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन–दिलाउन संलग्न भएको आरोप ।

४१) हरि पराजुली
पदअनुकूलको काम, कत्र्तव्य पालन र आचरण नगरेको र काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन–दिलाउन संलग्न भएको आरोप ।

प्रचलित कानून बमोजिम सचेत गराउन सिफारिस गरिएका :

४१) डा. रामकण्ठ माकाजु, उपकुलपति–काठमाडौं विश्वविद्यालय
मापदण्ड नपुगेका विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन भूमिका खेलेको र
केयूको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेप निम्त्याएको आरोप ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नयाँ शैक्षिक सत्र सुरु, पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या

काठमाडौं / १० फागुन— फागुन २ गतेदेखि हिमाली जिल्ला मनाङमा नयाँ शैक्षिक सत्र सुरु भएको

बाराको विद्यालयलाई एनआरएनए आरसीसी अलकासीमद्वारा सहयोग

काठमाडौं / १० फागुन— गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासीम साउदी अरबले बारा जिल्लाको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE