सरकारद्वारा उत्कृष्ट विद्यालय घोषित

प्रकाशित मिति :2018-02-11 12:20:38

काठमाडौं / २८ माघ— आइतबार शिक्षा मन्त्रालयले यसवर्षको उत्कृष्ट विद्यालयलाई प्रदान गर्ने पुरस्कार वितरण गरेको छ । ३५ हजार विद्यालयमध्येबाट सामुदायिक र निजी गरी २० वटा विद्यालयलाई नतिजाको आधारमा उत्कृष्ट पुरस्कार प्रदान गरेको हो ।
सामुदायिकतर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा १२ को नतिजाको आधारमा काठमाडौं त्रिपुरेश्वरको विश्व निकेतन माविले राष्ट्रिय पुरस्कार पाएको छ । ११ र १२ कक्षा सञ्चालन गर्ने २ हजार ७ सय सामुदायक विद्यालयलाई यो विद्याययले पछाडि पारेको हो । यो विद्यालयलाई मन्त्रालयले २ लाख नगद, राष्ट्रिय सिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गरेको छ ।
त्यस्तै बुटवलको कालिका माध्यमिक विद्यालय कक्षा १० को नतिजाको आधारमा उत्कृष्ट ठहरिएको छ । प्राविधिक धारतर्फको राष्ट्रिय पुरस्कार यो विद्यालयले प्राप्त गरेको छ । राष्ट्रिय पुरस्कार पाउने विद्यालयलाई दुई लाख नगद, राष्ट्रिय शिल्ड, ध्वजा, प्रमाणपत्र प्रदान गरिएको छ । कक्षा १२ को नतिजाको आधारमा निजी विद्यालयतर्फ काठमाडौं मोडल स्कुलले राष्ट्रिय पुरस्कार पाएको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठले १० कक्षाको नतिजाको आधारमा विराटनगरको बालकल्याण विद्या मन्दिरलाई पुरस्कार प्रदान गरेका हुन् ।
मन्त्रालयले प्रदान गर्ने प्रदेशस्तरीय माध्यमिक विद्यालयमा सामुदायिकतर्फ कक्षा १० को नतिजाको आधारमा प्रदेश १ बाट बरुणेश्वर माध्यमिक विद्यालय ओखलढुङ्गा, प्रदेश २ बाट ओम माध्यमिक विद्यालय रौतहट, प्रदेश ३ बाट चितवनको नारायणी मोडल माध्यमिक विद्यालय, ४ बाट पोखराको बालमन्दिर माध्यमिक विद्यालय, प्रदेश ५ बाट बुटवलको श्रीकान्ति माध्यमिक विद्यालय, ६ बाट कालिकोटको मस्टो सरस्वती माध्यमिक विद्यालय र प्रदेश ७ बाट डोटी उच्चकोटको सीताराम माध्यमिक विद्यालयले पुरस्कार पाएको हो । प्रदेशको उत्कृष्ट विद्यालयले एक लाख रुपैयाँ नगद, प्रदेशिक शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ । हुम्ला यलवाङ्गका महाबुद्ध माध्यमिक विद्यालयले दुर्गम क्षेत्रको उत्कृष्ट पुरस्कार पाएको छ । यो पुरस्कार एक लाख रुपैयाँको हो । मन्त्रालयले अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तहअनुसार अध्यापन गराइएका विषयका आधार मानेर विद्यालय छनोट गरिएको दाबी गरेको छ । प्रदेश नम्बर १, २, ३, ४, ५, ६ र ७ बाट क्रमशस् विराटनगरको एभरेस्ट बोर्डिङ स्कुल, रौतहटको मुनलाइट एकेडेमी, ललितपुरको जेम्स एकेडेमी, पर्वतको नमुना मावि, गोरखाको युनाइटेड पब्लिक स्कुल, सुर्खेतको छिन्छु इङलिस बोर्डिङ स्कुल र कञ्चनपुरको इन्टरनेसनल पब्लिक स्कुल रहेका छन। प्रदेशस्तरमा छानिएका सबै विद्यालयलाई सिल्ड, प्रमाणपत्र र नगद १ लाख रुपैयाँ प्रदान गरिएको छ ।
३८ औं राष्ट्रिय शिक्षा दिवसका पुरस्कार अदालतमा मुद्दा परेपछि रोकिएको थियो । जुन आइतबार गरेको हो । अदालतले रिट खारेज गरेपछि यो कार्यक्रम गरेको हो । शिक्षा दिवसमा पुरस्कृत हुने विद्यालयको छनौट प्रक्रियामा विरोध गर्दै ललितपुरको प्रसादी एकेडेमीका तर्फबाट विक्रम राईले मुद्दा दायर गरेका थिए ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE