अनिवार्य र निःशुल्क शिक्षा हुदाँ पनि धेरै विद्यार्थी विद्यालयबाहिर

प्रकाशित मिति :2018-02-13 06:47:41

काठमाडौं / १ फागुन– संविधानले नै आधारभूत तह (कक्षा ८) सम्मलाई अनिवार्य र निःशुल्क भनि घोषण गरेको छ । ५ वर्ष उमेर पुगेका र १४ वर्ष नपुगेका बालबालिकालाई शिक्षाका पहुँचमा ल्याउने गरिएको थियो ।

अनिवार्य र निःशुल्क शिक्षा घोषण गरे पनि सोहि तहमा अहिले सम्म साढे ४ लाख बालबालिका विद्यालयबाहिर रहेका छन् । कक्षा १२ सम्मका झन्डै १५ लाख बालबालिका विद्यालयबाहिर रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा विभागको सन् २०१६÷१७ को फ्ल्यास रिपोर्ट अनुसार विद्यालय उमेर समूहका ४ लाख ३९ हजार ४१ सय बालबालिका विद्यालयबाहिर रहेका छन् । जसमा २ लाख १८ हजार ७ सय ७८ छात्रा र २ लाख २० हजार २ सय ६३ छात्र रहेका छन् ।

युनेस्को काठमाडौं शिक्षा प्रमुख बलराम तिमल्सिनाका अनुसार कतिपय देशमा निःशुल्क र अनिवार्य गरिएको तहमा बालबालिका पढ्न नपठाउने अभिभावकलाई कानुन बनाएर सजायको व्यवस्था गरिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE