संघर्ष समितिद्वारा सम्पर्क कार्यालयमा तालाबन्दी

प्रकाशित मिति :2018-02-13 08:34:27

काठमाडौं / १ फागुन– काठमाडौंको सिनामंगलस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालयमा आंगिक क्याम्पस समायोजन संघर्ष समितिले तालाबन्दी गरेको छ ।
पुस २९ गते बसेको सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको सभामा ऐन विपरीत प्राध्यापकहरुको पेशागत हक अधिकार विरुद्ध नियमावली संशोधन गरिएको भन्दै समितिले विश्वविद्यालयको सम्र्पक कार्यालयमा तालाबन्दी गरेको थियो ।
संघर्ष समितिले सुदूरपश्चिम विश्वविद्यालयको ऐनमा भएको व्यवस्था अनुसार विश्वविद्यालय र क्याम्पसहरुबीच समायोजन सम्बन्धि अन्तिम सम्झौता भएका शिक्षक,कर्मचारी जो जुन अवस्थामा छन् सोही अवस्थामा समायोजन हुनुपर्ने माग गरेका छन् । समितिले समायोजन भइसकेको सिद्धनाथ बहुमुखी क्याम्पसको नजिर अनुसार अरुलाई समायोजन गर्नुपर्ने तर्क राखेको छ ।
समितिले सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजन भई आएका शिक्षक, कर्मचारी सरह सेवा सुविधा तथा सर्त हुनुपर्ने माग गरेका छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE