नेकोसद्वारा तनहुँमा तीन विद्यालय भवन निर्माण

प्रकाशित मिति :2018-02-14 10:37:22

काठमाडौं / २ फागुन– नेपाल कोरियन कल्चर एक्सचेन्ज एण्ड सोसल अर्गनाइजेसन (नेकाेस) ले कोरियाको होप ब्रिज संस्थाको सहयोगमा तनहुँमा तीनवटा विद्यालयको भवन निमार्ण गरेको छ ।
तनहुँ जिल्लाको महेन्द्रि निम्न माविमा दुई कोठे भवन, सिद्धार्थ माविमा तीनकोठे भवन र आर्दश माविमा तीनकोठे भवनका साथै छात्रछात्राका लागि छुट्टा छुट्टै शौचालयको निमार्ण समेत गरिदिएको छ । एक करोडको लगानीमा उक्त भवनहरु निमार्ण गरिएको थियो ।
माघ २५ गते उद्घाटन गरी निमार्ण गरिएको भवन विद्यालयलाई हस्तारतण गरिएको थियो । नेकोषका अध्यक्ष अक्कल तामाङ भन्छन्,“ तीनवटा विद्यालयमा अध्ययनरत ५ सय ८५ जना विद्यार्थीलाई हप्ताको एक दिन दूध खुवाउने कार्यक्रम गर्न विद्यालयलाई पैसाको व्यवस्था मिलाएका छौं । ” विद्यार्थीलाई दूध खाना आवश्यक पर्ने कप समेत विद्यालयलाई दिएको तामाङले बताए ।
विद्यार्थीलाई दूध खुवाउने कार्यक्रमको सुरुवात भवन उद्घाटनकै दिनबाट गरिएको थियो । तामाङ अनुसार ५१ हप्ता सम्म एमओयू अर्थात दूध खुवाउने कार्यक्रम संचालन गर्ने योजना रहेको बताए । बालबालिकालाई हुने कुपोषणलाई नियन्त्रण गर्नका लागि एमओयू कार्यक्रम संचालन गरिएको अध्यक्ष तामाङले बताए । विद्यालय उद्घाटनको समयमा नेकोषले विद्यार्थीहरुलाई टिसर्ट, कापी, कलम, क्याकुलेटर लगायतका स्टेशनरी सामाग्रीहरु समेत वितरण गरिएको थियो ।
नेकोषले अगामी फेब्ररी ८ तारिकका दिन सोलुखुम्बुको अमरज्योति माविमा निमार्ण गरिएको तीनकोठे भवन उद्घाटन गर्ने तयारी गरेको छ । २८ लाख लगानीमा निमार्ण भएको उक्त विद्यालय भवनमा पनि भवन उद्घाटन पछि विद्यार्थीहरुका लागि एमओयू कार्यक्रम सुचारु गर्ने तामाङले जानकारी दिए ।
तामाङ भन्छन्, “गाउँका बच्चामा हुने कुपोषणलाई निराकरण गर्नका लागि एमओयू कार्यक्रम गर्न लागिएको हो । ”
नेकोषले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको छ । नेकोषको मुख्य उद्देश्य भनेको सबैले शिक्षा पाउनुपर्छ भन्ने रहेको छ । शिक्षा विना समाज, देशको विकास नहुने भएकाले शिक्षामा जोड दिएको तामाङले बताए । अध्यक्ष तामाङका अनुसार भुकम्पबाट क्षतिग्रस्त विद्यालयहरुले सहयोगका लागि प्रस्ताव राखेमा सहयोग गर्ने जानकारी दिए ।
२०७२ साल गएको भुकम्पले नेपालको ५ हजार १४ वटा विद्यालयहरुलाई क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त विद्यालय पुनःनिमार्णका लागि विभिन्न संघ संस्था र सरकारबाट काम भईरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसईई नतिजामा ३ हजारभन्दा बढी विद्यार्थीको नतिजा त्रुटिपूर्ण

काठमाडौं/ ११ असार – शनिबार सार्वजनिक गरिएको एसईईको नतिजामा प्राविधिक गडबढीका कारण ३ हजारभन्दा विद्यार्थीको

८ विद्यार्थी संगठनले तीन दिन शैक्षिक हड्ताल गर्ने

काठमाडौं/११ असार – विभिन्न ८ वटा विद्यार्थी संगठनहरुले असार २०, २१ र २१ गते तीन

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE