रजत जयन्तीको अवसरमा अक्सिडेन्टलले गर्यो दुई दिने कार्यक्रम

प्रकाशित मिति :2018-02-15 08:23:29

 

काठमाडौं / ३ फागुन– अक्सिडेन्टल स्कुलले २५ औं रजत जयन्तीका साथै अभिभावक दिवस मनाएको छ । स्कुलले दुई दिनको सांस्कृतिक कार्यक्रमको आयोजना गरी रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ ।
फागुन ३ र ५ गते विद्यार्थीले विभिन्न सांस्कृति कार्यक्रमहरु प्रस्तुत गर्ने छन् । फागुन ३ गते बिहीबार कार्यक्रमको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा नर्सरी कक्षादेखि ४ कक्षा सम्मका विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् । राष्ट्रिय नाचघरमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ रहेका छन् ।
अक्सिडन्टल स्कुलका सहायक प्रधानाध्यपक गोपाल पौडेलका अनुसार कार्यक्रममा विद्यार्थीहरुले तयार पारेका सांस्कृतिक प्रतिभाहरुलाई प्रस्तुत गरिनेछ । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, नाटक लगायतका प्रतिभा देखाएका छन् ।
पौडेल भन्छन्,“फागुन ५ गते आर्मी क्लबमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गर्ने छन् । ” विद्यालयको स्थापन २०४९ मा भएको थियो । कार्यक्रममा विद्यार्थीका अभिभावकहरुका साथै अन्य व्यक्तिहरुको पनि उपस्थिति रहेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE