नाका — सबैले एकपटक हेर्नैपर्ने चलचित्र

प्रकाशित मिति :2018-02-15 12:13:08

नाका, नाम सुन्दा नै अड्कल लगाउन सकिन्छ की यो चलचित्रको सन्दर्भ के हो । मिडिया पोर्टद्वारा प्रस्तृत उक्त चलचित्रलाई हाइलाइट्स नेपालको एसोसिएसनमा निर्माण गरिएको छ । निर्देशक तथा कथाकारको भूमिकामा रहेका अमित श्रेष्ठले नाकामा आफ्नो व्यक्तिगत अनुभवलाई पस्कने प्रयास गरेका छन् । यो चलचित्रमा वास्तविकतालाई झल्काउने पूर्ण प्रयास गरिएको निर्माता प्रविन टकी कार्कीले बताए । “हामीले बाह्रविसे नाकाबाट हुने रक्तचन्दन, सुन तस्करीका कुरालाई चलचित्र मार्फत देखाउन खोजेका छौं ।” उनले भने,“चलचित्रमा नाकाबाट सुन तथा रक्तचन्दन तस्करी गर्नेलाई गन्तव्यसम्म पुग्दा हुने दृश्यहरु देखाइएको छ ।”
निर्देशक अमित श्रेष्ठ बाह्रविसे मा नै जन्मे हुर्केको र यो कुराहरु भोगेको हुनाले चलचित्रको अवधारणा आएको उनले बताए । उनका अनुसार नाकामा त्यसरी रक्तचन्दन र सुन तस्करी गर्नेहरु गाडीभरि राखेर आउँछन्, त्यस्ता गाडीलाई त्यहाँका मानिसहरु कुरीरहेका हुन्छन् र जब त्यसरी तस्करी गर्नेहरु आउँछन्, तस्करहरु पैसाको बिटो फालेर हिड्छन् र त्यहाँका बच्चादेखि बृद्वसम्म पैसा टिप्नका लागि ओहिरो लाग्छन् । यसरी तस्करहरु नाका पार गरेर आउँछन् । त्यसैगरि तिब्बती कालो भोटे (धर्मगुरु) हरुलाई लुकाएर भारतसम्म ल्याउने क्रममा धेरै अपराधहरु हुने गरेको छ । त्यहि सेरोफेरोको घटनालाई चलचित्रमा उठाइएको छ ।


चलचित्रका लेखक अभिषेक सुवेदीले चलचित्रलाई प्राकृतिक रुपमा ढाल्न खोजीएको बताए । “निर्देशकले भोगेका र मैले त्यहाँ बसेर हेर्दा देखेको कुरालाई कथामा ल्याउने पूरा प्रयास गरेको छु । आशा छ यो मेहनतले रंग ल्याउँछ ।” चलचित्रमा विपिन कार्की, रबिन तामाङ्ग, थिन्ले ल्हामु, प्रकाश गन्दर्भ, केशव राई, धनश्याम जोशी, सर्जन थापा मगर, अभिषेक सुवेदी र राम भजन कामोदको अभिनय रहेको छ ।
चलचित्रको बारेमा सुन्दा फरक र रोमाञ्चक सुनिन्छ । यसले युवा पुस्तालाई आकर्षण गर्ने सम्भावना बोकेको देखिन्छ । चलचित्रमा अर्को आकर्षण छन्, बिपिन कार्की । यसअघिका सबै चलचित्रमा विभिन्न अवतारमा देखिएका कार्की यसपटक पनि भिन्न अवतारमा देखा पर्नेछन् । उनले छड्केमा बिन्दु, पशुपति प्रसादमा भस्मे डन, लुट—२ मा पित्तल र जात्रामा फँडिन्द्र तिमल्सिनाका पात्रमा अभिनय गरका छन् । जात्रामा उनी मुख्य पात्रमा थिए भने नाकामा पनि उनको मुख्य भुमिका रहेको छ । उनले खेलेका सबै चलचित्र नेपाली चलचित्र जगतमा हिट लिस्टमा छन् ।


नाकामा सबै कलाकारहरु धेरै नै चयन गरेर राखिएको निर्माता कार्कीले बताए । “हामीले सबै कलाकारहरुलाई पात्रसँग न्याय गर्ने गरि राखेका छौं । उनीहरु सबैले आफुलाई पात्रमा ढाल्न धेरै मेहनत गरेका छन् ।” उनले भने, “नाका निमार्णका बेलामा हामी छायाङ्कनभन्दा अघि नै उक्त ठाउँमा गएर त्यो ठाउँको परिवेश बुझेका थियौं ।” सबै पात्रले आफ्नो भुमिकालाई प्राकृतिक बनाउन कोशिस गरेको उनले दावी गरे ।
चलचित्रका निर्देशक, निर्माता र टिमले यसअघि पनि चलचित्र क्षेत्रमा काम गर्दै आएका थिए । तर उनीहरुको स्वलगानी र मुख्य भुमिकामा भने यो चलचित्र पहिलो हो । पहिलादेखि नै यस क्षेत्रमा अनुभव बटुलेकाले आफु नयाँ हो भन्ने सोच आफुहरुमा नआएको निर्माता कार्कीले बताए । उनले भने,“चलचित्र वितरणसम्म आइपुग्दाको चुनौतीहरु त छन् तर चलचित्र निर्माणका कुरामा भने त्यति चुनौती भोग्नु परेन ।” उनीहरुले यसअघि डम्बरे, डढिया, तान्द्रो, लुट—२ र कबड्डी जस्ता चलचित्रमा काम गरिसकेका छन् । कार्कीका अनुसार उनीहरुले लुट—२ मा सम्पूर्ण बजार व्यवस्थापन र प्रमोटिंग, तान्द्रोमा लाइन प्रोडक्सन र कबड्डीमा व्यवस्थापन समितिका रुपमा काम गरेका थिए ।
चलचित्र निर्माणदेखि वितरणसम्म आइपुग्दा ८० देखि ९० लाख खर्च भइसकेको छ । नेपाली चलचित्रमा लगानीभन्दा अलि बढि पैसा कमाउँदैमा उद्योग नहुने उनको भनाई छ । नेपाली चलचित्र हाल काम चलाउका लागि मात्र बनिरहेको छ । नेपालीहरुले राम्रो नेपाली चलचित्र बनाउने तिर ध्यान नदिई जे चलिरहेको छ त्यसमा नै घुमिरहेका छन् । तर पनि केहि निर्देशकहरुले यस चक्रबाट माथी उठेर राम्रो चलचित्र बनाउने प्रयास गरिरहेका छन् ।
चलचित्र सत्य घटनामा आधारित छ । चलचित्रबाट सबैले केहि न केहि जानकारी भने पाउनेछन् । यो चलचित्र खासगरि युवाहरुमा केन्द्रित छ । चलचित्र युवाहरुलाई हलसम्म तान्न सक्ने भएको निमार्ण समूहको विश्वास छ । चलचित्र यहि फागुन १७ गते उपत्यका बाहिर र १८ गते उपत्यका भित्रका सबै हलहरुमा प्रर्दशन हुने तयारीमा छ । चलचित्रको एउटा गित हालै रिलिज गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२०७५/०७६ मा यस्तो छ शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम (हेर्नुहोस १७ बुँदामा)

काठमाडौं/सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने भएको छ । सोमबार संघीय व्यवस्थापिका

३७७ जना विद्यार्थीले पाए अभिभावक

काठमाडौं/सरकारले सञ्चालन गरेको भर्ना अभियान अन्तर्गत मुलुकभरबाट ३७७ जना विद्यार्थीले अभिभावक पाएका छन् । शिक्षा,

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE