विद्यार्थीले बनाए नमुना हेलिकप्टर र पानीजहाज

प्रकाशित मिति :2018-02-22 07:47:28

काठमाडौं / १० फागुन— झापास्थित विराट अंग्रेजी माविको कक्षा १० मा अध्ययनरत विद्यार्थी दिपेश झाले नमुना हवाइजहाज बनाएर देखाएका छन् ।
कक्षा १० मा नै पढ्ने निश्चल बस्नेत, विवेक राजवंशी र अजय राजवंशीले मिलेर त्यो काम गरेका हुन् । विद्यार्थीहरुले नमूना हवाइजाहाज बनार्इ सफल परीक्षण गरेर देखाएका छन् । सोहि विद्यालयको कक्षा ३ मा अध्ययनरत पढ्ने शुभानी प्रसाई र मनिला सेढाइ मिलेर पानीमा चल्ने जहाजको प्रदर्शनी गरे । विद्यालयले प्रदर्शनीमा ल्याएको विज्ञान महोत्सवले विद्यालयको २१ औँ वार्षिकोत्सवमा आाएका अतिथि, अभिभावकको ध्यान तानेको देखिन्थ्यो । कार्यक्रममा पुगेका सबै जना प्रदर्शनीको चर्चामा व्यस्त थिए ।
‘विद्यार्थीको आविष्कार देखेर चकित भएँ, हरेक विद्यायले यसरी नै अवसर दिए सयौँ वैज्ञानिक यही बन्ने थिए’, बिर्तामोड नगरपालिका(३ की विन्दा बुढाथोकीले भनिन् । त्यसैगरी, छोराछोरीले गरेको प्रदर्शनी हेरेर लीला कार्की भन्छिन्, ‘हरेक विद्यायले यहाँको सिको गरी विद्यार्थीको क्षमतालाई प्रदर्शन गर्ने अवसर दिनु पर्छ ।’ ।
विराट ज्योतिको यस प्रकारको विज्ञान प्रदर्शनीमा ३० वटा स्टल राखिएको थियो । विद्यालयका कक्षा ३ देखि कक्षा १० सम्म पढ्ने विद्यार्थीले आफ्नो प्रदर्शनी प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईंले पछिल्लो समय हरेक क्षेत्रमा विज्ञानको सिकाइ आवश्यक रहेकाले सबै विद्यार्थीलाई त्यसतर्फ लाग्न विद्यालयले प्ररित गरेको बताए । सांस्कृतिक कार्यक्रम भन्दा पनि प्रयोगात्मक विज्ञान प्रदर्शनीले विद्यार्थीको क्षमता बढाएको बताए । उनले सिकेको ज्ञानलाई प्रयोगमा ल्याउन विद्यार्थी सफल भएका उनको दावी छ ।
दिपेश झाले सिकेको ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउन सक्दा आत्मबल बढेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसईई नतिजामा ३ हजारभन्दा बढी विद्यार्थीको नतिजा त्रुटिपूर्ण

काठमाडौं/ ११ असार – शनिबार सार्वजनिक गरिएको एसईईको नतिजामा प्राविधिक गडबढीका कारण ३ हजारभन्दा विद्यार्थीको

८ विद्यार्थी संगठनले तीन दिन शैक्षिक हड्ताल गर्ने

काठमाडौं/११ असार – विभिन्न ८ वटा विद्यार्थी संगठनहरुले असार २०, २१ र २१ गते तीन

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE