अमेरिकाका शिक्षकलार्इ बन्दुक बोकेर पढाउन दिने

प्रकाशित मिति :2018-02-22 09:04:18

काठमाडौं १० फागुन— फ्लोरिडाका शिक्षकहरुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दुक बोकेर पढाउन दिने प्रस्ताव गरेका छन् । साथै शिक्षण संस्था वरपरको क्षेत्रमा बन्दुक बोक्न पाउने स्वतन्त्रताको आलोचना पनि उनले गरेका छन् ।
हालै बन्दुकधारीले फ्लोरिडामा स्कुले विद्यार्थीहरुलाई आक्रमण गरेर हत्या गरेपछि अमेरिकामा बन्दुक राख्न पाउने कानुनको पक्ष र विपक्षमा बहस हुँदै आएको छ । यस्ता हमला फेरि हुन नदिने प्रतिवद्धता ट्रम्पले जनाएका छन् । त्यसका लागि ट्रम्पले बन्दुक किन्ने व्यक्तिको पृष्ठभूमि सही ढंगले जाँच गर्न र ‘वम्प(स्टक’ प्रविधिको प्रयोगमा रोक लगाउने कानुन बनाउन निर्देशन दिइसकेका छन् ।
ह्वाइटहाउसमा बुधबार आयोजित एक कार्यक्रममा ट्रम्पले बन्दुकबाट हुने हिंसाबारे हतियारधारी शिक्षकहरुले आक्रमणलाई रोक्न सक्ने बताए । “हामी पृष्ठभूमिको जाँच कडाइका साथ गर्नेछौं र व्यक्तिको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनेछौं ।” मेजररी स्टोनमन डगल हाईस्कुलका विद्यार्थीहरुसँगको छलफलमा ट्रम्पले भने,“अब पहिलेजस्तो हुनेछैन । निकै लामो सिलसिला चलेको छ, धेरै घटनाहरु भइसकेका छन् । अब हामी यसलाई अन्त्य गर्छौं ।” उक्त कार्यक्रम टेलिभिजनमार्फत पनि प्रसारण गरिएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शिक्षकहरु र अरु स्टाफहरुलाई बन्दुक राख्न दिने प्रस्ताव राखेको गन लबी समूह नेशनल राईफल एसोसिएशन ९एनआरए० को प्रस्तावलाई पनि समर्थन गरेका छन् । ट्रम्पले भने, ‘यदि हतियार चलाउन माहिर शिक्षक छ भने हमलालाई तुरुन्त रोक्न सकिनेछ ।’
शिक्षकहरुलाई बन्दुक चलाउने तालिम दिन सकिने उनले बताए । अमेरिकाका धेरै राज्यका कलेजहरूमा प्राध्यापकहरूले हाते बन्दुक राख्न पाउने व्यवस्था भएपनि फ्लोरिडामा भने यो व्यवस्था छैन ।

शिक्षकलाई हतियार राख्न दिने योजना विवादित छ र त्यसलाई ट्रम्पले स्वीकार पनि गरेका छन् । यससँगै हतियार बोक्न स्वतन्त्रता रहेको क्षेत्रको आलोचना ट्रम्पले पनि गरेका छन् । उनले भने, ‘गन फ्री जोन पागलपन हो किनकी कायर व्यक्तिले भन्छ( जाऔं भित्र प्रवेश गरेर आक्रमण गरौं ।’
ट्रम्पले लगभग ४० विद्यार्थी, शिक्षक र अभिभावकहरुका निकै भावुक बनाउने खालका कुरा पनि सुने । वाशिङ्टन डिसी इलाकाबाट निस्किएका सयौं विद्यार्थीहरुले ट्रम्पको यो छलफलअघि ह्वाइटहाउस बाहिर र्याकली निकालेका थिए । यसैबीच फ्लोरिडा आक्रमणमा बाँचेकाहरुले जनप्रतिनिधिहरुसँग राज्यको राजधानीमा असाल्ट राइफलको बिक्रीमा कडाई गर्न माग गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसईई नतिजामा ३ हजारभन्दा बढी विद्यार्थीको नतिजा त्रुटिपूर्ण

काठमाडौं/ ११ असार – शनिबार सार्वजनिक गरिएको एसईईको नतिजामा प्राविधिक गडबढीका कारण ३ हजारभन्दा विद्यार्थीको

८ विद्यार्थी संगठनले तीन दिन शैक्षिक हड्ताल गर्ने

काठमाडौं/११ असार – विभिन्न ८ वटा विद्यार्थी संगठनहरुले असार २०, २१ र २१ गते तीन

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE