स्टडी इन अस्ट्रेलिया फेयरमा विद्यार्थीले अष्ट्रेलियाबारे सम्पूर्ण जानकारी पाउनेछन – पाण्डे

प्रकाशित मिति :2018-03-08 12:14:46


विगत लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा क्रियाशिल विज्ञहरुको सक्रियतामा सन् २०१२ मा स्थापित एजुकेशन पार्कले उच्चशिक्षा अध्ययनका लागि विभिन्न देश जान चाहने विद्यार्थीका लागि भाषा कक्षा तथा शैक्षिक परामर्श दिँदै आएको छ । काठमाडौं सुन्धारास्थित सिभिल मलको लेभल–८ मा केन्द्रीय कार्यालय रहेको एजुकेशन पार्कले विशेषतः अष्ट्रेलिया, अमेरिका, युके, न्यूजिल्याण्डलगायतका देशमा जान चाहनेका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । एजुकेशन पार्कले उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी यही फागुन २५ गते शुक्रबार (मार्च ९) मा “स्टडी इन अस्ट्रेलिया फेयर २०१८”को आयोजना गर्दैछ । सुन्धाराको सिभिल मल लेभल–६ फुडकोर्टमा बिहान १० देखि ४ बजेसम्म आयोजना हुने उक्त फेयरमा अस्ट्रेलियाका प्रतिष्ठित २० भन्दा बढी युनिभर्सिटी तथा कलेजका उच्चअधिकारीबाट प्रत्यक्ष परामर्श तथा जानकारी प्राप्त गर्न सकिने छ । यसै फेयरको सन्दर्भमा एजुकेशन पार्कका कार्यकारी निर्देशक विराज पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश ।
अष्ट्रेलिएन एजुकेशन फेयर आयोजनाको मुख्य उद्देश्य के हो ?
अस्टेलिया जान चाहने विद्यर्थीलाई एकै स्थानबाट छोटो समयमा प्रयाप्त जानकारी तथा परामर्श लिन सकुन् भन्ने नै यस फेयरको मुख्य उद्देश्य हो । फेयरमा अष्ट्रेलियाका प्रतिष्ठित २० भन्दा बढी यूनिर्भसीटी तथा कलेजका प्रतिनिधिहरुको उपस्थिती रहने छ ।

एउटा विद्यार्थीलाई एजुकेशन फेयर हुनु र नहुनुमा तात्विक भिन्नता हुन्छ ?
विद्यार्थीहरुलाई फेयर हुनु र नहुनुमा एकदमै फरक छ किनकी एउटा विद्यार्थी अस्ट्रेलिया गइसकेपछि आइपर्न सक्ने समस्या समाधान कसरी गर्ने र कलेज तथा यूनिर्भसिटीहरुले प्रदानगर्ने शिक्षाका विषयमा प्रत्यक्षरुपमा जानकारी पाउने हुँदा फरक त अवश्यनै भै हाल्छ ।

पछिल्लो समय उच्चशिक्षा अध्ययनगर्न विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी एजुकेशन सेमिनार दैनिकजसो भइरहेको देखिन्छ, यसरी सेमिनारहरु बढ्नुमा कन्सलटेन्सीहरु बीचको प्रतिष्पर्धा हो वा आवश्यकता ?
हामीले के बुझ्नु पर्छ भन्दा एउटा विद्यार्थी अस्ट्रेलिया जानुभन्दा अगाडि उस्ले के कुन शैक्षिक संस्थामा अध्यानगर्नेसँगसँगै अस्ट्रेलियाका विषयमा प्रयाप्त जानकारी लिनु आवश्यक छ । त्यसैले प्रतिष्पर्धाभन्दा पनि विद्यार्थीलाई प्रयाप्त जानकारी तथा परामर्शका लागि यस्ता फेयर आवश्यता नै हो ।

यहाँहरुले गर्ने लाग्नु भएको एजुकेशन फेयर कति विद्यार्थीहरुले अवलोकन गर्ने अपेक्षा गर्नु भएको छ ?
करीब ७ सय भन्दामाथिको हाराहारीमा विद्यार्थीहरुले अवलोकन गर्ने अपेक्षा राखेका छौँ ।

तपाईहरुसँग २० भन्दा बढी यूनिर्भसिटी तथा कलेजका प्रतिनिधिहरुको सहभागिता हुने कुरा बताउनु भयो, यति धेरै विद्यार्थीहरुलाई १० देखि ४ बजेभित्र परार्मशका निम्ती कत्तिको सहज होला ?
एउटा राम्रो पक्ष के छ भने हामी सिभील मलमा नै गर्दै छौं । फेयर हाम्रो अफ्नै अफिसमा गर्दै छौँ । फेयर छैठौं तलामा हुँदैछ भने हाम्रो अफिस ८ औँ तलामा छ । फेयर नै हामीले विद्यार्थीले पढ्न चाहेको विषय र लेभलअनुसार सम्बन्धित प्रतिनिधिमार्फत परामर्श लिन सकिने गरी अत्यन्त सहज तरिकाले व्यवस्थापन हुन्छ । विद्यार्थीहरुले अझ बढी परामर्श लिन चाहना राख्नुभयो भने हाम्रो एक टिम अफिसमा पनि हुन्छौं, त्यहाँ पनि बुझ््न सक्नु हुनेछ, त्यसैले सहज नै हुनेछ ।

फेयरमा विद्यार्थीहरुको साथमा अभिभावक पनि सहभागी हुनु कत्तिको आवश्यक छ ?
हाम्रो चाहना नै विद्यार्थीहरुले आफ्ना अभिभावकको साथमा फेयरमा सहभागी होउन भन्ने हो किनकी आर्थिक पाटोदेखि सबै कुराको निर्णय त अभिभावकले दिने हो, त्यसैले सकेसम्म अभिभावक लिएर आउनु राम्रो हो ।

पछिलो समय अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुको क्रेज बढ्दै गइरहेको छ, विद्यार्थीको चाहना अष्ट्रेलियामा बढी हुनुको प्रमुख कारण के–के छन्?
अस्ट्रेलियामा ४२÷४३ वटा यूनिर्भसिटी छन् । सबैमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् । उनीहरुको मुख्यआयस्रोत भने कै विदेशी विद्यार्थीहरुबाट हुन्छ । र त्यहाँको शैक्षिक वातावरण र विश्वव्यापी मान्यता, सामाजिक परिवेश, अवसर, शान्ति सुरक्षालगायत सबै अनुकुल र व्यवस्थीत भएकाले विद्यार्थीको चाहना अस्ट्रेलियामा बढ्दै गएको हो ।

अष्ट्रेलिया जाने विद्यार्थीहरुले कुन–कुन कुरामा विशेष ख्याल पु¥याउनुपर्छ ?
आफूले अध्ययन गर्न चाहेको विषय, शैक्षिक संस्था रहेको स्थान, अभिभावकको आर्थिक अवस्था, त्यहाँको नीति नियमलगायतका सम्पूर्ण विषयमा आधारभूत जानकारी त अनिवार्य हुनैपर्छ ।

अन्त्यमा, सेमिनारका सम्बन्धमा लक्षित विद्यार्थी तथा अभिभावकलाई केही भन्न चाहनुहुन्छ ?
हाम्रो फेयरमा आउनुस एक पटक पाल्नुहोस्, छोटो समयमा एकै स्थानबाट सम्बन्धित कलेज, युनिभर्सिटीका प्रतिनिधिबाट प्रयाप्त जानकारी, परामर्श प्राप्त गरी आफ्नो गन्तव्य निश्चित गर्न यस फेयरबाट अधिक्तम लाभ लिनुहोस भन्न चहान्छु ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE