कोरियन भाषा परीक्षा आवेदन फारम खुल्यो, सूचना सहित

प्रकाशित मिति :2018-03-09 05:30:03

काठमाडौं / नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी रोजगार विभाग, ईपीएस कोरिया शाखा ग्वार्कोले ९ औं इपीएस—टीओपीआईके २०१८ परीक्षा सम्बन्धि सूचना प्रकाशित गरेको छ ।
परीक्षा २ सिफ्टमा हुनेछ । परीक्षामा उत्तिर्ण हुनेले दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारी प्राप्त गर्न योग्य हुनेछन् ।
परीक्षा २०७५ जेठ २६ र २७ (२०१८ जुन ९ र १०) मा सञ्चालन हुनेछ ।
आवेदन फारम भर्ने म्याद २०७४ चैत ८ देखि १७ गते (२०१८ मार्च २२ देखि ३१) सम्म रहेको छ । १८ वर्षदेखि ३९ उमेर समूह (२०३४ चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्र जन्मिएका) का नेपाली परीक्षार्थीले आवेदन दिन सक्नेछन् ।
नेपाल सरकारले जारी गरेको सूचनामा ईपीएस—टीओपीआईके उत्तिर्ण गर्नेलाई कोरियामा काम गर्नका लागि ढोका खोलिने तर तत्काल काम पाउने ग्यारेन्टी भने नलिने जनाएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE