नेक्सस फन कार्निभल (नेक्सस मेला) सम्पन्न

प्रकाशित मिति :2018-03-12 06:16:31

 

काठमाडौं / पुरानो सिनामंगलस्थित नेक्सस इन्टरनेशनल स्कुलले फागुन २६ गते शनिबार नेक्सस फन कार्निभल (नेक्सस मेला ) सम्पन्न गरेको छ ।

 
विद्यालयको नयाँ भवनमा आयोजित कार्यक्रम बिहान ४ बजेदेखि करिब ५ बजेसम्म जारी थियो । कार्यक्रमको सुरुवात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम कटवालले रिबन काटेर गरेका थिए ।

 


मेलामा करिब ४ हजार भन्दा बढि अवलोकनकर्ता सहभागि भएका विद्यालयका प्रिन्सिपल आर.बी. कटवालले बताए ।

मेलामा विभिन्न गेम स्टल, किड्स कर्नर (बच्चाहरुको लागि ५ भन्दा बढी विभिन्न मनोरञ्जनात्मक प्ले स्टेशन), फेश पेंटिंग, हर्स राइडिंग, बिंगो, विभिन्न फुड स्टल, चित्रकला तथा हस्तकला सम्बन्धि विद्यार्थीहरुको प्रस्तुति, विद्यार्थीहरुको विज्ञान प्रदर्शनी र विद्यार्थीहरुको नृत्य तथा गायन लगायतका प्रस्तुति गरिएको थियो ।


नेक्ससले नयाँ तथा फरक प्रकारको कार्यक्रम गरेकोमा अविभावक टिका आचार्यले बधाई तथा धन्यबाद व्यक्त गरे ।

 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE