जोखिम मोलेर जीर्ण भवनमा पढ्न बाध्य विद्यार्थी

प्रकाशित मिति :2018-03-12 09:29:53

काठमाडौं / २८ फागुन— डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका( १ स्थित त्रिपुरा माध्यामिक विद्यालयका विद्यार्थी ज्यान जोखिममा पारेर पढ्न बाध्य भएका छन् । दुई बर्ष अघि देखि लगातार जीर्ण भवनमा पढ्नु पर्ने बाध्यता भएकाले उनीहरुको ज्यान जोखिममा परेको हो ।
विद्यालयले तीब्र हावाहुरीका कारण पटक–पटक उडाउँदै आएको जस्तापाता लाई कामचलाउ रुपमा ढुङ्गाले थिचेर पठनपाठन संञ्चालन गर्नुपर्ने बाध्यता रहेको जनाएको छ । प्रधानाध्यापक रमानन्द उपाध्यायले भने, ‘कक्षाहरु संञ्चालन गर्नुपर्ने बाध्यता छ । ’कति बेला जस्तालाई थिचेका ढुङ्गा खसेर शिक्षक विद्यार्थीको ज्यान जाने हो टुङ्गो छैन् ।’ जीर्ण भवन मर्मतका लागि जिशिका लगायतका थुप्रै संघ संस्थालाई अनुरोध गर्यौँ तर पनि कसैले नसुनेको उनको गुनासो रहेको छ ।
कक्षा १ देखि १० कक्षा संञ्चालन गरिएको उक्त विद्यालयमा जम्मा दश वटा कोठा रहेकाछन् । कक्षा १,२,३ र ६ संञ्चालन गर्दै आएको भवन एकदमै जीर्ण छ । शिक्षकहरुका अनुसार भवन जीर्ण भएपछि हावा लाग्दा,पानी पर्दा साह्रै समस्या हुने गरेको लामोसमय देखि अध्यापन गराउँदै आएका छन् ।
‘जीर्ण भवनमा पठनपाठन गराउँदा विद्यार्थीरु पनि डराई डराई अध्ययन अध्यापन गुर्न पर्ने बाध्यता छ, त्यस्तै कतिखेर हावाले जस्ता उडाउँदा जस्ता र ढुङ्गाले थिचेर घटना घट्ने हो टुङ्गो छैन ।’ शिक्षक लोकश खत्रीले चिन्ता ब्यक्त गर्दै भने,‘पटक–पटक हावाले छानो पल्टाउँछ, शिक्षक विद्यार्थीहरु मिलेर त्यही छानो ओल्टाई पल्टाई कोठा ढाकेर पठन पाठन गर्न बाध्य छौँ, त्यसलाई छोडेर अन्य ठाँउमा कक्षा सुरु गरैँ भने कोठाको अभाव छ ।’।
कक्षा ६ मा अध्ययनरत विद्यार्थी बिनिता श्रेष्ठले तीब्र बेगमा हावा लागेर छाएको जस्ता उडाउने जस्तो गरेर हावाले हल्लाउँदा डरले छटपटाउने गरेको बताईन् । विद्यालय ब्यबस्थापन समितिले उक्त जीर्ण भवन मर्मतको लागि विभिन्न संघ संस्थामा पहल गरेपनि कसैले पनि नसुनेको जनाएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष पुरी प्रसाद हमालले जिल्ला भित्र रहेका जीर्ण विद्यालय मर्मतका बर्षेनी लाखौँ रुपैया आँउछ तर हाम्रो विद्यालयलाई कहिल्यै आएन बताए । नजिकै सिँहदरवार छ, विद्यालयमा सहयोग गर्छ कि भन्ने आसा छ, अध्यक्ष हमालले भने ।
सुनौलो भविश्य बोकेका भविश्यका कर्णाधार कलिला बालबालिकालाई कक्षा कोठामा ढुक्कसँग पढ्ने वातावरण बनाउनका लागि अभिभाबकहरुले सम्बन्धित निकायमा आग्रह गरेका छन् । यस विद्यालय जिल्लामै पुरानो विद्यालयको रुपमा चिनिँदै आएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE