पर्वतमा बन्यो करिब २१ लाखको सुविधा सम्पन्न भवन विद्यालय

प्रकाशित मिति :2018-03-12 12:08:23

काठमाडौं / फागुन २८– पर्वतको लिमिठाना माविमा करिब २१ लाखको दुई कोठे सुविधा सम्पन्न विद्यालय भवन निमार्ण भएको छ । भवनको उद्घाटन हालै एक समारोहका बीच प्रदेश सभा सदस्य सांसद विकास लम्सालले गरेका छन् ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदारी संस्था सोडेक नेपालको परिचालनमा भवन निमार्ण सम्पन्न भएको हो । गुड नेवर्सको १८ लाख सहयोग र स्थानीयबासी तथा विद्यालयको ३ लाख जनश्रमदानबाट भवन निमार्णको कार्य सम्पन्न भएको हो । विद्यालयका प्रधानाध्यापक यामप्रसाद शर्माले भवन निमार्ण सँगै विद्यालयलाई प्रविधियुक्त शिक्षण सिकाई क्रियाकलाप समेत सञ्चालन गर्ने लक्ष्य लिएको बताए ।
प्रअ शर्माका अनुसार एकैपटक करिब ३० जना विद्यार्थीलाई कम्प्युटर कक्षा सँगै प्रोजेक्टरको माध्यामबाट पठनपाठन हुने गरी श्रव्यदृश्य सामाग्री सहितको स्मार्ट कक्षा सञ्चालन गर्ने तयारीमा रहेका छौं ।
गुडनेवर्स इन्टरनेशनलले पर्वतका विभिन्न नगरपालिका तथा गाउँपालिकाका ६ वटा वडामा विगत ५ वर्ष देखि काम गर्दै आएको छ । गत वर्ष देखि स्थानीय संस्था सोडेक नेपालको साझेदारीमा सोही क्षेत्रका २२ विद्यालय र १२ सय विद्यार्थीहरुमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाका अनुसार संस्थाले २०१७ मा मात्रै ३ वटा विद्यालयमा भौतिक संरचना अन्तर्गत भवन निमार्ण गरी हस्तान्तरण गर्ने काम गरिरहेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE