मृतक विद्यार्थीको सम्झनामा फेकनद्वारा दीप प्रज्वलन

प्रकाशित मिति :2018-03-13 13:28:48

सोमबार भएको हवाइ दुर्घटनामा परी मृत्यू भएका विद्यार्थीहरुको सम्झनामा स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले मंगलबार राजधानीमा दीप प्रज्वलन गरेको छ ।

पुतलीसडकस्थित स्टार मल अगाडि शैक्षिक परामर्श व्यवसायीहरुले मैनबत्ती बालेर मृतक आत्माको चिर शान्तिको कामना गरेको संघकी उपाध्यक्ष गिता रिजालले जानकारी दिइन ।

एमबीबीएस पढ्न बंगलादेश गएका १३ जना नेपाली विद्यार्थीहरु बिदामा नेपाल फर्कने क्रममा सोमबार दिउँसो २ बजेर १८ मिनेटमा त्रिभुवन विमानस्थलमा भएको हवाई दुर्घटना परी ज्यान गुमाएका थिए ।

सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरु उपस्थित कार्यक्रममा अध्यक्ष युवराज कट्वालले मैनबत्ती बालेर सुरुवात गरेका थिए । फेकनले दुर्घनामा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकको आत्माको चिर शान्तिको कामना गरेको छ । साथै उपरारार्थ घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको समेत कामना गरेको छ ।

नेपालबाट प्रत्येक वर्ष ३ सयभन्दा बढी विद्यार्थीहरु एमबीबीएस पढ्न बंगलादेश जाने गरेका छन् ।

 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

त्रिविको ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावाली सार्वजनिक, नामावाली सहित

काठमाडौं/२४ मंसिर– त्रिभुवन विश्वविद्यालयले पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE