ब्लु फिल्म देखाउँदै बाबुले गरे आफ्नै ११ वर्षिय छोरीको बलात्कार

प्रकाशित मिति :2018-03-19 07:28:16

काठमाडौं / इटहरीमा एक बाबुले आफ्नी ११ वर्षिय छोरीलाई पटक–पटक ब्लु फिल्म देखाउँदै बलत्कार गरेका छन ।
इटहरी— ४ मा डेरा लिएर बस्दै आएका ३५ वर्षिय पुर्ण लिम्बुले श्रीमती नभएको मौका छोपि आफ्नी छोरीलाइ ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउँदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।
आमासँगै इलाका प्रहरी कार्यालयमा भेटिएकी बालिकाले यौन पिपाषु बाबु लिम्बुले आफुलाइ ६ बर्षको उमेर देखिनै योनीमा आफ्ना हातका औला कोचारी दिने, स्तन खेलाउने र यस्तो नगरौं बाबा भन्दा कसैलाइ भनिस भने मारि दिन्छु भनेर धम्कि दिएको पनि खुलासा गरिन ।
बालिकाकी आमाले छोरीले खाना खान नमान्ने पटक–पटक पेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाइ बाबुले बर्षौदेखि बलात्कार गर्दै आएको बताएको जानकारी दिइन् । बालिकाको यस्तो कुरा सुनिसकेपछि उनकी आमाले तुरुन्तै इलाका प्रहरी इटहरीमा उजुरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालयले उनको उजुरीको आधारमा चैत ४ गते अाइतबार पुर्ण लिम्बुलाइ पक्राउ गरेको हो ।
श्रीमतीका अनुसार इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले दैनिक रक्सी खाएर आउने गरेका छन् । श्रीमतिले भनिन्, “दिनभरी काम गरेर थाकेर आउछ, खावोस खाएपनि भने तर यो पापीको सोँच त यस्तो पो रहेँछ, छोरीलाइ बलात्कार गर्ने ।”।
यौन पिपाषु बाबुले छोरीको बलात्कार गरेको स्विकारेको इलाका प्रहरी इटहरीले बताएको छ । छोरीको स्वास्थ्य परिक्षणको रिर्पोट आउनासाथ निजलाइ कानुनी कार्बाही अघि बढाइने जनाइएको छ । बालिकाको स्वास्थ्य परिक्षणको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको बताए ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE