पहिलोपटक स्पोर्ट्स साइन्स ल्याब सञ्चालनमा

प्रकाशित मिति :2018-03-19 08:08:49

 

काठमाडौं / राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक स्पोर्ट्स साइन्स ल्याब सञ्चालनमा ल्याएको छ । आइतबार खेपका सदस्य–सचिव केशवकुमार विष्टले ल्याबको उद्घाटन गरे ।
राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक नवीन उप्रेतीले खेलाडीको धैर्यता, गति र तागत बढाउनुका साथै खेलाडीको फिटनेस स्तरलाई अभिबृद्धि गर्ने उद्देश्यले ल्याब सञ्चालनमा ल्याइएको जानकारी गराए ।
आगामी दिन ल्याबलाई अझ आधुनिकिकरण गर्दै विस्तार गर्ने योजना रहेको बताउँदै तत्काललाई राष्ट्रिय टिममा रहेका १५ खेलका खेलाडीले ल्याबको सुविधा उपयोग गर्न पाउने उनले जानकारी दिए ।
सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा रहेको ल्याब करिब २५ लाखको लागतमा सञ्चालनमा ल्याइएको हो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

बालिका विद्यालयमै असुरक्षित

काठमाडौं/५ असोज–कञ्चनपुरको कृष्णपुर नगरपालिका १ की ६ वर्षीय बालिका आफू अध्ययनरत विद्यालयमा बलात्कृत भएकी छिन्

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE