अस्थायी शिक्षक परीक्षा स्थगित नभए सेना गुहार्ने अस्थायी शिक्षकको चेतावनी (हेर्नुहोस भिडियो)

प्रकाशित मिति :2018-03-20 07:47:11

काठमाडौं/अस्थायी शिक्षकहरुले चैत २३ गते हुने भनिएको अस्थायी शिक्षक परीक्षा स्थगित नभए आफूहरु नेपाली सेना समक्ष जान बाध्य हुने चेतावनी दिएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पुनरुत्थानबादी समूह नेपालले शिक्षा ऐनको आठौ र नवौं संशोधन खारेज गर्न माग गर्दै अस्थायी शिक्षकको परीक्षा स्थगित गर्नुपर्ने माग गरेको हो ।
अधिवक्ता कोषराज काफ्लेले भने “यदि सर्वोच्च अदालतको आदेश शिक्षक सेवा आयोग, शिक्षामन्त्रालयले मान्दैन भने हामी विकल्पमा नेपाली सेना समक्ष जान्छौ, यदि त्यहाँबाट समेत न्याय नपाए हामी आन्दोलन गर्न बाध्य हुन्छौ ।”
सबै अस्थायी शिक्षकलाई मौका दिइनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्धा टुंगिन समय लाग्ने भएकाले तत्काल अस्थायी शिक्षक परीक्षा स्थगित गर्नुपर्ने अस्थायी शिक्षकका तर्फबाट सर्वोच्च अदालतमा मुद्धा दायर गरेका अधिवक्ता काफ्लेको भनाइ छ ।
सर्वोच्च अदालतले २०६६ माघ २४ गते जारी गरेको परमादेश बमोजिम अस्थायी करार शिक्षक कार्यरत सम्पूर्ण दरबन्दीमा विज्ञापन गर्नुपर्छ, त्यसका लागि शिक्षा ऐनमा भएको आठौं र नवौं संशोधन खारेज हुनुपर्ने उनको भनाइ छ ।
उनले अगाडि थपे, “आगामी चैत २३ गते अस्थायी शिक्षक परीक्षा भएमा अस्थायी करार शिक्षकलाई अन्तिम एक पटक प्रदान गरिएको अवसर गुम्न गइ रोजगारी समेत गुम्ने भएकाले परीक्षा तत्काल स्थगित गर्नुपर्छ ।”

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस


तत्कालिन समयमा लाइसेन्स नभएका, तालिम नभएका शिक्षकलाई अस्थायी नियुक्ती गरिएको तर हाल आएर लाइसेन्स र तालिम नभए परीक्षा दिन पाउँदैनौ भन्नु गलत भएको भन्दै अस्थायी शिक्षकका नेता शरदकुमार मिश्रले यसले अस्थायी शिक्षकलाई अन्यायमा पारेको बताए ।
अधिवक्ता काफ्लेका अनुसार हाल अस्थायी शिक्षकको मुद्धा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको र प्रधानन्यायाधीश नभएकाले मुद्धामा बहस हुन नसकेको उनले बताए । संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित अन्य वरिष्ठ ४ जना न्यायाधीश हुनुपर्छ । तर तत्काल प्रधानन्यायाधीश नभएकाले परीक्षा स्थगित गर्नुपर्ने काफ्लेले बताए ।
शिक्षक सेवा आयोगले यस अगाडि २०६१ सालमा भएको विज्ञापन लुकाएका कारण २५ प्रतिशत रोजगारी गुम्ने अवस्था सिर्जना भएको काफ्ले दाबी गरे । उनले थपे, “शिक्षा ऐन २०२८ को नियम ३१, ०४९ को नियम ६१ र ०५९ को नियम ९७ मा अस्थायी शिक्षक राख्नु पाइने नियम छ । जसमा लाइसेन्स हुनुपर्ने, तालिमप्राप्त हुनुपर्ने भन्ने उल्लेख छैन् ।” नियुक्ती हुने बेलामा यी सबै कागजपत्र नचाहिने तर स्थायी हुने बेलामा किन चाहिने ? उनले प्रश्न गरे ।
यता शिक्षा ऐन नवौं संशोधनमा उल्लेख गरिएको ७५ प्रतिशत आन्तरिक आरक्षण सुरक्षित नभएको भन्दै अस्थायी, करार शिक्षकहरु आन्दोलनमा होमिएका छन् । त्यस्तै, खुला प्रतिष्पर्धा हुनुपर्ने माग राख्दै आएका लाइसेन्स लिएका विद्यार्थीहरुले ४९ प्रतिशत खुला प्रतिष्पर्धा हुनुपर्ने नियमलाई संशोधन गर्दै २५ प्रतिशतमा झारिएको भन्दै उनीहरु पनि आन्दोलन गरिरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE