विदेश जाने विद्यार्थीले जान्नै पर्ने ४ वटा कुरा

प्रकाशित मिति :2018-03-20 11:13:52

वैदेशिक अध्ययन सार्वजनिक चासोको विषय हो । हुनेखाने र हुदाँखाने जोसुकैले पनि आफ्ना छोराछोरी विदेशमा पढुन भन्ने सोच राख्नु अस्वाभाविक होइन । इच्छा अनुसारको शिक्षा लिनु हरेक मानिसको नैसर्गिक अधिकार भित्र पर्दछ । तत् सम्बन्धी पूर्वाधार तयार नै नगरी वैदेशिक अध्ययनमा जानखोज्ने चाहनाले जोखिम बढेको भने पक्कै हो ।
यही विषयमा केन्द्रित रहेर नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव तथा पुतलीसडकस्थित कमन फाउण्डेशन एजुकेशन कन्सलटेन्सीका सञ्चालक सन्तोष प्याकुरेलले विद्यार्थी तथा अभिभावकका लागि केही सल्लाह तथा सुझाव दिनु भएको छ ।

सन्तोष प्याकुरेल, महासचिव, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)/ सञ्चालक, कमन फाउण्डेशन एजुकेशन कन्सलटेन्सी

के गर्ने त ?
सबैभन्दा पहिले तपाईका छोराछोरीले प्लस टुको पढाइ पूरा गर्दै छन कि छैनन् ? कहिले सक्दैछन ? हो यहिनेर मूल प्रश्न छ । विदेश अध्ययन पनि उचित योजनामा भर पर्दछ । योजना बिनाको विदेश अध्ययन अधिक खर्च र असफलतातर्फ उन्मुख हुन्छ । आफ्नो छोराछोरीलाई १२ कक्षाको परीक्षा लगत्तै पासपोर्ट बनाएर आईईएलटीएस र टोफल र स्याट जस्ता परीक्षाको तयारीमा लगाउनुपर्छ । ठीक त्यसै समयमा जाने देश, पढ्ने विषय, लाग्ने खर्च, देखाउनुपर्ने रकम, आधिकारिक बैंक, प्रोपर्टी र इनकमको बारेमा उचित परामर्श समयमै परामर्शदाताबाट लिनुपर्छ । छोराछोरीले तयारी कक्षा लिदै गर्दा आमाबुवाले खर्च लाग्ने रकमको जोहो गर्ने र शैक्षिक कर्जा लिने हो भने सुरक्षण धितोको बारेमा आफ्नो र परिवारको धारणा बनाउनु पर्छ ।

के मा बिचार पु¥याउने ?
विदेश अध्ययनको काउन्सेलिङमा आमाबुवा वा अभिभावक पनिसंगै जानुपर्छ । छोराछोरीको भविष्यसँग सम्बन्धित विषयवस्तु प्रस्ट रुपमा बुझ्नु पर्दछ । देश, विषय, कलेज, शहर, पढाइको तह, स्तर अनि पढेपछि हुने उपलब्धिका बारेमा यथेस्ट जानकारी लिनुपर्दछ । भिसा ग्यारेन्टी, फ्री, फ्रीमा आवास सुविधा, फ्री एयरपोर्ट पिकअप जस्ता कुराले तपाइको छोराछोरीको अध्ययनको विषय र गुणस्तर प्राप्तीमा कमी नहोस भन्नेतर्फ सजग रहनु पर्दछ ।

कसरी भिसा लाग्छ ?
भिसा कसैले ग्यारेन्टी गर्न सक्दैन । भिसा लाग्ने भनेको तपाइको एस.एल.सी. वा प्लस टुआदि पढाइको प्रतिशत, आईईएलटीएसको स्कोर, मान्यता प्राप्त बैंकको ब्यालेन्स वा शैक्षिक कर्जाको कागज, आमाबुबाको उचित वार्षिक आम्दानी र घर जग्गा जमिनको प्रमाण आदीको समुचित संयोजन सहितको कागजातहरुलाई परामर्श दाता सँस्थाको योग्य कर्मचारीले अरु विधी र प्रक्रिया पु¥याएर भिसा आवेदन गरेपछि भिसा प्राप्त हुन सक्दछ ।

कस्ता देशमा जाने ?
अक्सर नेपाली विद्यार्थीको रोजाइमा अमेरिका, अस्ट्रेलिया, जापान, न्यूजिल्याण्ड, जर्मनी, नर्वे, डेनमार्क, पोल्याण्ड जस्ता पर्नेगरेका छन् । भने विषय विशेषमा हेर्ने हो भने इञ्जिनियरिङ्ग पढ्न भारत, मेडिकलका लागी बांग्लादेश, चीन र फिलिपिन्स, नर्सिङ्ग पढ्न भारत र अस्ट्रेलिया जानेको संख्या दिनानुदिन बढ्दो छ । नेपाली विद्यार्थीहरु पढ्न जाने देशको छनोट गर्दा त्यस देशले प्राथमिकता अन्तरराष्ट्रिय विद्यार्थीलाई राखेको छ कि छैन ? त्यसअनुरुप नीति नियम, कानुन र सुरक्षाको प्रत्याभूति दिनसकेको छ कि छैन ? त्यस देशको शिक्षाको गुणस्तर र मान्यता हाम्रो देशको सरकारले दिए नदिएको पनि बुझ्नु आवश्यक छ । सकभर कुटनीतिक सम्बन्ध नभएको मुलुकमा जानु हुन्न ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE