बोर्ड परीक्षालाई लिएर तनावमा हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस् ।

प्रकाशित मिति :2018-03-20 11:55:20

एजुकेशन न्यूज / परीक्षा भन्ने बित्तिकै धेरै विद्यार्थीको सात्तो जाने गरेको छ । परीक्षालाई सबै विद्यार्थीले एउटै तरिकाले हेर्दैनन् । कोहि विद्यार्थीले परीक्षालाई आफ्नो स्किल मापन गर्ने माध्यम सोच्छन्, कोहिले अरुसँग प्रतिस्पर्धा गर्ने माध्यमका रुपमा लिन्छन् त कोहिले यसलाई एउटा भारको रुपमा लिन्छन् ।
विद्यार्थीले बोर्ड परीक्षा होस् अथवा विद्यालयको परीक्षा होस्, त्यति धेरै तनाव लिनुपर्ने आवश्यकता छैन । परीक्षालाई आफूले गा¥हो महशुस गरेमा त्यस्तै हुन्छ भने सजिलो महशुस गरेमा सजिलो । हामी यहाँ त्यस्ता केहि उपायहरु प्रस्तुत गर्न गइरहेका छौं जस्ले गर्दा बोर्ड परीक्षाको तयारीमा केहि सहज हुन्छ ।
१) भोजनमा ध्यान दिने ः यदि तपाईं आफ्नो परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने खानामा ध्यान दिनु अत्यन्त जरुरी छ । यदि तपाईंले बाहिरको केहि गलत खानेकुरा खानुभयो भने पढाईमा एकाग्रता हुँदैन । यसकारण आफूले के पढेको छ त्यो कुनैपनि कुरा दिमागमा बस्दैन ।
२) एकाग्रता ः यदि तपाईं पढाईमा एकाग्रता राख्नुहुन्छ भने तपाईंलाई परीक्षामा सफलता प्राप्त हुन्छ । कुनैपनि परीक्षालाई पूरा गर्नका लागि आफ्नो पढाईमा पूर्ण ध्यान दिनु जरुरी छ । जसकारण तपाईं जुन कुरा पढ्नुहुन्छ त्यो कुराहरु याद राख्न सक्नुहुन्छ ।
३) आत्मविश्वास ः आफ्नो आत्मविश्वास कायम गर्नका लागि तपाईंलाई आफ्नो खानपिन सन्तुलित राख्नु जरुरी छ किनभने तपाईंको आत्मविश्वास कुनै यस्तो चिन होइन जस्लाई देख्न सकिन्छ । यो केवल तपाईंको मनोबल शक्तिलाई बढाउने एउटा माध्यम हो । यदि तपाईंको आत्मविश्वास सहि छ भने तपाईंले गरेको कुनैपनि कार्यगलत हुँदैन ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

त्रिविको ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावाली सार्वजनिक, नामावाली सहित

काठमाडौं/२४ मंसिर– त्रिभुवन विश्वविद्यालयले पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE