अस्थायी शिक्षकले महासंघमा तालाबन्दी गरे, खुला विज्ञापनको प्रक्रिया रोक्न माग

प्रकाशित मिति :2018-04-12 11:13:10

काठमाडौं/अस्थायी शिक्षकहरुले बिहीबार शिक्षक महासंघको कार्यालयमा तालाबन्दी गरेका छन् । छुट अस्थायी करार संघर्ष समितिले आफ्ना माग पूरा गराउन दबाब स्वरुप महासंघको कार्यालयमा तालाबन्दी गरेको अध्यक्षहरिवंश पराजुलीले जानकारी दिए ।

उनीहरुले दिउँसो ४ बजे तालबन्दी गरेका हुन ।

उनीहरुले २०७२ असोज २ गतेपछिका अस्थायी तथा करार शिक्षकहरुलाई पनि शिक्षा ऐनको दशौं संशोधनमार्फत आन्तरिक प्रतिस्पर्धामा समावेश गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् । शिक्षा ऐनको नवौं संशोधनमा आफूहरुलाई अन्याय गरेको भन्दै उनीहरु अहिले आन्दोलनमा छन् ।
उनीहरुले सरकारले खुला प्रतिष्पर्धामार्फत शिक्षक नियुक्ती गर्ने भन्दै खुला विज्ञापनको प्रक्रिया अगाडि बढाएको भन्दै उक्त प्रक्रिया तत्काल रोक्दै पहिले आन्तरिक परीक्षा हुनुपर्ने माग अगाडि सारेका छन् ।

शिक्षक सेवा आयोगले गत चैत २३ गते हुने भनिएको आन्तरिक विज्ञापनलाई स्थगित गर्दै खुला विज्ञापनको तयारी गरेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE