नवलपरासीमा यसवर्ष पुस्तक अभाव नहुने

प्रकाशित मिति :2018-04-15 09:03:29

काठमाडौं/वैशाख २– नवलपरासीमा यसवर्ष पाठ्यपुस्तक भर्ना अगाडि नै जनक शिक्षक सामाग्री केन्द्रले प्रर्याप्त मात्रमा पठाइदिएकाले पुस्तक अभाव नहुने भएको छ ।
केन्द्रका भरतपुर शाखा प्रमुख हरिप्रसाद माझीले ८० प्रतिशत पुस्तक जिल्लाका पुस्तक पसलमा आइसकेको र बाँकी २० प्रतिशत केही दिन आइसक्ने बताए ।
शाखा प्रमुख माझीका अनुसार अघिल्लो वर्ष दोस्रो त्रैमासिक परीक्षा हुँदासमेत विद्यार्थीले पुस्तक नपाउने हुन्थ्यो तर यस वर्ष भर्ना भएकै दिन विद्यार्थीले पुस्तक पाउने छन् ।
माझी भन्छन्,“ अहिले कक्षा ९ र १० को सामाजिक शिक्षा किताबको कमी भएपनि केही दिनमा प्रर्याप्त मात्रामा आउनेछ ।”
जनक शिक्षामार्फत स्थानीय पुस्तक विक्रेताकोमा पुस्तक आइसकेकाले यस वर्ष पुस्तक अभाव नहुने जनविकास विद्याश्रम विद्यालयका प्रअ प्रेम न्यौपानेले बताए । प्रअ न्यौपानेका अनुसार विद्यार्थीलाई भर्ना भएकै दिन पुस्तक दिने तयारी गरिरहेका छौं ।
सरकारले स्थानीय तहमार्फत पुस्तकको रकम सबै विद्यालयमा निकासा गरिसकेको छ । यस शैक्षिक सत्रका लागि २ अर्ब २२ करोड रकम निकासा गरिएको छ । यसवर्षको भर्ना अभियान आइतबारदेखि सुरु भई वैशाख १४ गतेसम्म सञ्चालन हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE