शुल्क बृद्धिको विरोधमा आन्दोलनको घोषणा

प्रकाशित मिति :2018-04-16 06:10:27

काठमाडौं/बैशाख ३– सोमबार नेविसंघ केन्द्रीय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले निजी विद्यालयहरुले गरेको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै आन्दोलनका कार्यक्रम घोषण गरेका छन् ।
उनीहरुले सरकार र विद्यार्थीबीच बारम्बार भएका सहमति विपरीत शुलक बुद्धि भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
बैठकले तत्कालका लागि बैशाख ४ गते प्रधानमन्त्रीलाई शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने भएका छन् । यसैगरी बैठकमा बैशाख ५ गते पद्योदय स्कुलमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय गरेको छ ।
उनीहरुले विद्यालयहरुले बढाएको शुल्क तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । बैठकमा नेविसंघ अध्यक्ष नैन सिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अखिलका अध्यक्ष नविना लामा लगाएका ९ विद्यार्थी संगठनको सहभागिता रहेको थियो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

विद्यालय तोडफोडको आरोपमा विद्यार्थी पक्राउ

काठमाडौं/२४ मंसिर– भरतपुर महानगरपालिका ८ गौरीगञ्जमा रहेको श्री माद्यमिक विद्यालयमा तोडफोड गरेको आरोपमा आइतबार बिहान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE