४१ वटा सामुदायिक विद्यालयमा निःशुल्क विद्यालय पोशाक वितरण

प्रकाशित मिति :2018-04-16 10:03:31

काठमाडौं/बैशाख ३– रुकुम(पश्चिम) को चौरजहारी नगरपालिकाले ४१ वटा सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत करिब ५ हजार विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक वितरण गर्दैछ ।
नगर प्रमुख विशाल शर्माका अनुसार सामुदायिक विद्यालयप्रति विद्यार्थीलाई आकर्षित गर्नका साथै नगरपालिका भरीका विद्यालयको पोशाकमा एकरुपता ल्याउन विद्यालयको पोशाक वितरण भईरहेको बताए । अभिभावकको आर्थिक अवस्थालाई पनि मध्यनजर गरी निःशुल्क पोशाक उपलब्ध गराउने लागिएको हो ।
यस अभियानको सुरुवात पूर्व गृहमन्त्री तथा रुकुम(पश्चिम) बाट प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले वडा नं ३ को जनज्योति आधारभूत विद्यालयमा अध्ययनरत १ सय ६० विद्यार्थीहरुलाई पोशाक वितरण गरी गरेका हुन् ।
नगरपालिकाले निःशुल्क विद्यालय पोशाक वितरण कार्यक्रमका लागि ५५ लाख बजेट खर्च गरेको अनुमान छ । नगरपालिकाले प्रत्येक विद्यार्थीलाई सेतो रंगको सर्ट, निलो रंगको पाईन्ट, टाई र बेल्ट वितरण गरेको छ । एकहप्ता भित्र सबै विद्यार्थीलाई पोशाक वितरण गरिसक्ने योजना नगरपालिकाको रहेको छ । पोशाक वितरणका साथ साथै यस शैक्षिक सत्रदेखि आधारभूत तहसम्मको शिक्षालाई निःशुल्क बनाईने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE