क्रियाशिल भुसालका सचिवका रुपमा यस्ता छन एजेण्डाहरु ?

प्रकाशित मिति :2018-04-16 16:06:47


इक्यान वर्तमान कार्यसमितिमा सदस्यका रुपमा क्रियाशिल दीपकराज भुसाल अहिले सचिव पदका प्रमुख दाबेदार हुन । विष्णुहरि पाण्डेको प्यानलमा सचिव पदका प्रत्यासी उनी इक्यानमा सदस्यका रुपमा निकै क्रियाशिल व्यक्ति हुन ।
लामो समयदेखि इक्यानमा आबद्ध उनीले इक्यानमा रही अतिरिक्त क्रियाकलापको जिम्मेवारी लिएका थिए ।
इक्यानद्वारा सञ्चालित फुटसल प्रतियोगिता, सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ कार्यक्रम, रक्तदान कार्यक्रम, प्रभातफेरि कार्यक्रमको नेतृत्व गर्दै सफलतापूर्वक सम्पन्न गरेका छन् ।
त्यस्तै, इक्यानको वार्षिक उत्सवको अवसरमा शिक्षा सेवा पुरस्कार संयोजन, महाविर पुनलाई सम्मान एवम सहयोग गर्ने काममा पनि उनको भूमिका रह्यो ।
विभिन्न पर्वमा शुभकामना आदानप्रदान जस्ता कार्यक्रम हुन वा महाभूकम्पमा परी ज्यान गुमाउनेहरुका परिवारलाई सहयोग गर्ने काममा पनि उनको भूमिका सरहानीय छ ।
इक्यानमा गत निर्वाचनमा सर्वाधित मत ल्याएर विजयी भएका उनी सचिवका रुपमा आफूलाई सक्षम र नेतृत्वदायी भूमिकामा उभ्याउन सफल भएका छन्
उनले इक्यानको कार्यकालमा विगतमा जुन रुपमा निर्वाह गर्न सफल भए सोही हिसाबले सचिव पदका दाबेदार बनेका उनी इक्यानीयनमाझ लोकप्रिय सदस्यका रुपमा परिचित छन् ।

सचिवमा नै किन ?
भुसालले सचिव पदमा किन भन्ने प्रश्नलाई विभिन्न ९ बुँदामा अगाडि सारेका छन् । जसलाई यसरी प्रस्तुत गरिएको छ ।

१) २ वर्षे कार्यकालमा सदस्य सहित Extra department को  संयोजक भई, २५ वटा कार्यक्रम संयोजन गरिसकेकाले थप जिम्मेवारी बहन गर्ने उद्देश्यले
२) इक्यानको नेतृत्वले अवलम्बन गर्ने हरेक काम तथा गतिविधीको अझ थप जिम्मेवारी र सशक्त रुपमा लाग्नका लागि
३) हाल इक्यानको कार्यलय परम्परागत हिसाबले सञ्चालन गरिसकेकाले त्यसलाई व्यवस्थित सुविधा सम्पन्न भवन वा अफिस सेमिनार हललगायतका मूख्य व्यक्तिहरुको छुट्टाछुट्टै कोठा, हाजिरी मेसिनलाई व्यवस्थित गर्नका लागि पहल गर्नका लागि ।
४) इक्यानका कर्मचारीलाई थप व्यवस्थित, चुस्त, दुरुस्त बनाउनका लागि
५) इक्यानको माइनुट थप व्यवस्थित गराउन
६) इक्यानको बोर्ड बैठकले लिएका निर्णयहरु र अन्य सूचनाहरु व्यवसायि साथिहरुलाई तत्काल जानकारी गराउने र पहल गर्नका लागि
७) इक्यानको न्यूजलेटरको थालनी भएको अवस्थामा निरन्तर हुन सकेको छैन् । त्यसलाई निरन्तरता दिन र थप व्यवस्थित बनाउनका लागि
८) इक्यानका सदस्य संस्थाहरुलाई अन्तरराष्ट्रिय स्तरको तालिम प्रदान गर्नका लागि
९) हाम्रो पेशा व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउनका लागि

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

त्रिविको ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावाली सार्वजनिक, नामावाली सहित

काठमाडौं/२४ मंसिर– त्रिभुवन विश्वविद्यालयले पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE