यातायात बन्द हुँदा परीक्षा दिने विद्यार्थीले दुःख पाए

प्रकाशित मिति :2018-05-04 06:41:24


काठमाडौं/यातायात व्यवसायीको आन्दोलनका कारण कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुले दुःख पाएका छन् । बिहान ७ बजेदेखि सुरु हुने परीक्षामा घरबाट निस्केका उनीहरुले गाडी नचल्दा परीक्षा केन्द्रमा पुग्न समस्या बेहोरेका छन् ।
पुरानो बानेश्वरस्थित ग्लोवल कलेजमा परीक्षा केन्द्र भएकी एक छात्राले यातायातका कारण बिहान ५ बजे नै हिँड्नु परेको बताइन् । यातायात बन्दका कारण परीक्षा दिन नपाइने पो हो कि भन्ने त्रासका बीच परीक्षा केन्द्र पुग्दै गरेकी उनी मानिसक रुपमा तनावमा देखिन्थिन् ।

सवारी साधन नचल्दा अधिकांश स्कूलहरु पनि बन्द भएका छन् । टाढाबाट आउने विद्यार्थी विद्यालय पुग्न कठीन भएको छ भने केही स्कुलहरुले स्कूल बसबाट विद्यार्थीहरु ओसारेका छन् ।
सरकारले यातायातमा सिन्डिकेट खारेज गर्ने निर्णय गरेपछि आन्दोलित भएका यातायात व्यवसायीहरुले गरेको आन्दोलनका कारण आज देशभरका अधिकांश सार्वजनिक सवारी साधन चलेका छैनन् । केही सार्वजनिक सवारी साधन चले पनि पर्याप्त भइसकेका छैनन् । यातायात ठप्प हुँदा यात्रुहरु प्रभावित भएका छन् ।
सरकारले आज सवारी नचलाइ आन्दोलन गर्ने सवारी साधनको रुट परमिट खारेज गर्ने बताइसकेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रदेश नं. १ का सामूदायिक विद्यालय प्रविधिमैत्री बनाइने

काठमाडौं/३ माघ– प्रदेश नं.१ का सामूदायिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक गुणस्तर सुधार कार्यक्रम सुरु गरिने भएको

परीक्षाकेन्द्र सार्वजनिक, केन्द्रसहित

काठमाडौं/३ माघ– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमएचएम, एमटीटीएम, एमबीएम र एमबीएईको प्रवेश परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE