१४ विद्यालय नमूना विद्यालय घोषणा

प्रकाशित मिति :2018-05-10 08:38:16

काठमाडौं/बैशाख २७– जाजरकोट नलगाड नगरपालिकास्थित १४ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा गरिएको छ ।
नगरपालिकाको शिक्षा शाखाले प्रत्येक वडाबाट नमूना विद्यालय बनाउन दिएको सिफारिसका आधारमा नमूना विद्यालय घोषणा गरिएको हो ।
नमूना विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु भएको छ । नगरपालिकाभित्र रहेका १ मावि र १३ वटा आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भईसकेको छ ।
शिक्षा शाखा प्रमुख योगेन्द्र आरसीका अनुसार नमूना विद्यालय निर्माणका लागि कम्प्युटर विषयको पढाइका लागि १ देखि २ वाट सोलार विद्यालयलाई वितरण गरिएको छ ।
नगरपालिका अंग्रेजी माध्यमको पढाइ सुरु गरे सँगै निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या पनि घट्दै गएको देखिन्छ । नगरपालिकाले ७२ वटा विद्यालयमा प्राथमिक उपचार बाकस समेत वितरण गरेको छ ।
नगरपालिकाले विद्यार्थी, शिक्षक र अभिभावकले पालन गर्नुपर्ने आचारसंहिता बनाएर लागू गरेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE