विद्यार्थी संख्या कम हुँदा विद्यालय बन्द

प्रकाशित मिति :2018-05-14 07:25:50

काठमाडौं/बैशाख ३१– रुकुमको सदरमुकाम मुरीकोट नगरपालिका वडा नं ४ कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावका कारण बन्द भएको छ ।
नयाँ शैक्षिकसत्रमा सुरु भएको १ सातासम्म पनि विद्यार्थीहरु भर्ना हुन नआएपछि विद्यालय बन्द गरिएका हो । स्थानीयबासीका अनुसार विद्यालयको पढाई गुणस्तरीय नभएकाले विगतका वर्षहरुमा विद्यार्थी संख्या कम भएको थियो ।
कोटचौताराका विद्यार्थी वडा नं ५ सेरी गाउँमा रहेको यमुना नन्द माध्यमिक विद्यालयमा भर्ना हुने गरेका छन् । विद्यालयकी शिक्षिका यमुना चन्दका अनुसार विद्यालय समायोजन हुने हल्ला गर्दा यहाँका विद्यार्थी छिमेकी विद्यालयमा भर्ना हुन गएको हुन् ।
नगर शिक्षा समितिका शाखा अधिकृत विनाराम खड्काका अनुसार विगतमा नक्सांकन नगरी धमाधम विद्यालय सञ्चालन गर्दा विद्यालय बन्द हुने अवस्था आएको हो । अधिकृत खड्काले विद्यालयलाई समायोजन प्रक्रियामा लिने बताए ।
२०५२ सालमा स्थापना गरिएको यो विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएरहेको थियो । विद्यालयमा प्राथमिक तहका स्थायी दरबन्दी ३, बालविकास केन्द्रका लागि १ र कार्यालय सहयोगी १ कार्यरत रहेका थिए । विद्यालयमा यसवर्ष बालविकास केन्द्रमा ५ जना मात्र बालबालिका भर्ना भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२०७५/०७६ मा यस्तो छ शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम (हेर्नुहोस १७ बुँदामा)

काठमाडौं/सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने भएको छ । सोमबार संघीय व्यवस्थापिका

३७७ जना विद्यार्थीले पाए अभिभावक

काठमाडौं/सरकारले सञ्चालन गरेको भर्ना अभियान अन्तर्गत मुलुकभरबाट ३७७ जना विद्यार्थीले अभिभावक पाएका छन् । शिक्षा,

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE