उत्तरी धादिङमा ९ विद्यालयको पुननिर्माण सम्पन्न

प्रकाशित मिति :2018-05-16 06:02:10

काठमाडौं/जेठ २–उत्तरी धादिङ जिल्लाको खनियाँबास गाउँपालिका वडा नम्बर १ र २ मा रहेका ९ वटा विद्यालय पुननिर्माण सम्पन्न भएको छ । ३ करोड ४ लाख २२ हजार रुपैयाँको लागतमा ९ वटा विद्यालयको भवन निर्माण गरिएको छ ।
भूकम्प गएको ३ वर्षपछि विद्यालय पुननिर्माणको काम सम्पन्न हुँदा विद्यार्थी, शिक्षक तथा अभिभावकहमा खुसी छाएको छ । भूकम्पले विद्यालय भत्किएपछि अस्थायी टहरा र खुल्ला चौरमा बसेर विद्यार्थीहरु पढ्न बाध्य भएका थिए ।
युनाइटेड मिसन टु नेपाल धादिङको साझेदारीमा हिमालय सामुदायिक मुक्ति समाज हिम्स नेपालले गाउँपालिकाको वडा नम्बर १ र २ मा रहको ९ वटा विद्यालयमा ११ वटा भवन निर्माण गरेको हो ।
हिम्स नेपाल धादिङका अध्यक्ष जीवन तामाङले विद्यालयको भवन अभावमा खुल्ला चौर तथा अस्थायी टहरामा पढ्न बाध्य विद्यार्थीहरुको अवस्था देखेर विद्यालय भवन निर्माण गरेको बताए ।
युनाइटेड मिसन टु नेपाल धादिङले री, शेर्तुङ र तिप्लिङमा ८ वटा विद्यालयमा १८ वटा विद्यालय भवन निर्माण गर्दैछ तर सडक सञ्जाल नपुगेकाले समस्या देखिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE