सूर्योदय विद्यालयमा भारतीय पब्लिकेशनका पुस्तक

प्रकाशित मिति :2018-05-16 10:21:26

Image result for suryodaya english school damak
काठमाडौं/जेठ १– झापाको दमकस्थित रहेको सूर्योदय अंग्रेजी बोडिङ स्कुलले अनुमति विनानै भारतीय पब्लिकेशनका पाठ्यपुस्तक पढाइ रहेको छ ।
कुनै पनि विद्यालयले पढाउने पुस्तकका लागि जिल्ला शिक्षा कार्यालय सँग अनुमति लिनु पर्छ तर विद्यालयले अनुमति नलिई भारतीय पब्लिकेशनका पाठ्यपुस्तकहरु अध्यापन गराउँदै आएको छ ।
विद्यालयको कक्षा १ को न्यू एजुकेशन कन्भर्ससेन नामको पुस्तकमा भारतीय कुराहरु उल्लेख गरिएको छ । विद्यालयकी प्रधानाध्यापक म्याग्डेनियल सिंह भारतीय नागरिक भएकै कारण पनि विद्यालयले भारतीय पब्लिकेशनको पाठ्यपुस्तक अध्ययन गराउदै आएका हो ।
राष्ट्रियताको ख्याल नगरी भारतीय पब्लिकेशनका पुस्तकहरु पठनपाठन गरी बालबालिकालाई गलत शिक्षा दिइरहेको भन्दै अभिभावकहरुले विद्यालयलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।
युवा संघ झापाले पनि विद्यालयमा पुगेर प्रधानाध्यापक सिंहलाई राष्ट्रिय झण्डा दिँदै नेपालको स्वभिमानमा आक्रमण नगर्न चेतावनी समेत दिएका छन् ।
बुधबार युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा गएको टोलीले प्रधानाध्यापक र प्रशासन कक्षमा तालाबन्दी गरिदिएका छन् । उनीहरुले समस्याको निकास नभएसम्म ताला नखोल्न बताएका छन् ।
संघले नेपालको स्वभिमानप्रति पु¥याएको आघातप्रति प्रधानाध्यापकले नेपाली जनतासँग माफी माग्नु पर्ने माग राखेका छन् । भारतीय पब्लिकेशनको पुस्तक पढाइएको पाइएपछि दमक नगरपालिकाले पनि स्पष्टिकरण लिएको थियो ।
सन् १९८६ मा स्थापना भएको यस विद्यालयमा केजी देखि प्लास टु सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा करिब १ हजार ८ विद्यार्थी अध्यनरत रहेका छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE