क्याम्पसमा उपस्थित नहुने उपप्रध्यापकलाई विभागीय कारबाही सुरु

प्रकाशित मिति :2018-05-17 10:55:13

काठमाडौं/त्रिभुवन विश्वविद्यालयले उपप्रध्यापक कोषराज काफ्लेलाई विभागीय कारबाहीका लागि प्रक्रिया सुरु गरेको छ । चितवनस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा भौतिक शास्त्रका उपप्रध्यापक काफ्लेसँगै भरत चौधरी र सुरेशराज रेग्मी क्याम्पसमा उपस्थित नभएको भन्दै क्याम्पसले विश्वविद्यालयमा पत्रचार गरेको थियो । सोही पत्राचारका आधारमा विश्वविद्यालयले विभागिय कारबाही सुरु गरेको हो ।
“९० दिनभन्दा बढी समयदेखि क्याम्पसमा अनुपस्थित भएकाले तीन जनाको नाम विश्वविद्यालयमा पठाएको हो” क्याम्पस प्रमुख गोविन्द सापकोटाले जानकारी दिए । गत पुस १ गतेदेखि क्याम्पसमा हाजिरी हुनुपर्ने काफ्ले बिना जानकारी काठमाडौंमा बस्दै आएका छन् ।
उनले पटक–पटक गरी ५ सय ६८ दिन बिदा लिएको क्याम्पसले जानकारी दिएको छ । त्यस्तै, सुरेशराज रेग्मीले राजीनामा समेत बुझाइसकेको क्याम्पस प्रमुख सापकोटाले जानकारी दिए । रेग्मी विदेशमा रहेकाले पहिलेको मिति राखेर राजीनामा पठाएको उनको भनाइ छ ।
अधिवक्ता समेत रहेका काफ्लेले बैशाख २७ गते शिक्षामन्त्रालय उपसचिव विदुरराज गिरीमाथि मन्त्रालय मै आक्रमण गरेको आरोप लागेपछि उनीबारे जानकारी बटुल्न सुरु गरिएको थियो । काफ्ले उपप्रध्यापकसँगै अधिवक्ता समेत हुन । लामो समयदेखि अस्थायी शिक्षक, विद्यालय कर्मचारीको पक्षमा वकालत गर्दै आएका छन् ।
काफ्लेका अनुसार आफूले बिदा लिनुपूर्व स्वीकृत गराएको र अझै १५ महिना बिदा पाउने बताए । उनले भने, “पुस १ गतेपछि क्याम्पस प्रमुखसँग भेटेर बिदा थप गर्नका लागि कुराकानी भएको थियो, उहाँले पनि हुन्छ, पछि कुरा गरौँला भन्नु भो, त्यसपछि कुरा हुन पाएको थिएन् ।”

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE