शिक्षकद्धारा विद्यार्थीमाथि कुटपिट

प्रकाशित मिति :2018-05-18 05:27:50

Image result for teacher beat the student
काठमाडौं/जेठ ४–डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका २ मा रहेको भागेश्वर माध्यमिक विद्यालयका गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि निर्घात कुटपिट गरेका छन् ।
शिक्षकको कुटपिटबाट १२ वर्षीय कामीको टाउकोमा गम्भीर चोट लागेको छ । टाउकोमा गम्भीर चोट लागेका कामीको नजिकैको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जोगबुढा अस्पताल पु¥याइएको थियो ।
जोगबुढा अस्पतालमा पनि उपचार सम्भाव नभएपछि विद्यार्थी कामीलाई कैलाली लाने तयारी गरिएको छ । इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टका अनुसार गृहकार्य नगरेको भन्दै शिक्षक अवस्थीले विद्यार्थीको टाउकोमा स्केलले पिटेका थिए ।
विद्यार्थीका अभिभावकले उपचार खर्च उपलब्ध गराउन साथै कुटपित गर्ने शिक्षकलाई कारबाही गर्न माग गरेका छन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

२०७५/०७६ मा यस्तो छ शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम (हेर्नुहोस १७ बुँदामा)

काठमाडौं/सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने भएको छ । सोमबार संघीय व्यवस्थापिका

३७७ जना विद्यार्थीले पाए अभिभावक

काठमाडौं/सरकारले सञ्चालन गरेको भर्ना अभियान अन्तर्गत मुलुकभरबाट ३७७ जना विद्यार्थीले अभिभावक पाएका छन् । शिक्षा,

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE