अष्ट्रेलियामा विद्यार्थीले पढ्दै, काम गर्दै पैसा कमाउँछन-खालिद हम्मद

प्रकाशित मिति :2018-05-20 05:46:37

खालिद हम्मद
बिजनेश डेभ्लोपमेन्ट अफिसर
न्यू इरा इन्स्टिच्युट

नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा जानका लागि कुन कुराले आकर्षित गरिरहेको छ ?
अष्ट्रेलिया धेरै विद्यार्थीका लागि सपनाको देश हो । यो विद्यार्थीका लागि अवसरको देश पनि हो । मेरो बिचारमा २ वटा कुरा छन जसले नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा जानका लागि आकर्षित गरिरहेको छ । पहिलो कुरा छ, त्यहाँको पढाइ र वातावरण हो ।
अष्ट्रेलियाको शिक्षण शैली, पद्धति र गुणस्तरीयताले प्रत्येक वर्ष नेपाली विद्यार्थीसँगै विश्वका विभिन्न मुलुकबाट आउने विद्यार्थीहरुलाई आकर्षित गरिरहेको छ । अष्ट्रेलियामा सबै खाले सस्कृतिलाई सम्मान गरिन्छ । यसले विदेशी मुलुकबाट आउने विद्यार्थीहरुलाई सहज भइदिन्छ । सुरक्षाको हिसाबले सबैका लागि सुरक्षित गन्तव्य छ । साथै सबै खाले राष्ट्रियतालाई पनि अष्ट्रेलियामा सम्मान गरिन्छ ।
दोस्रो कुरा भनेको नेपाली विद्यार्थीहरु निकै मिहेनती छन् । निकै बाठा छन् । धेरै हकसम्म अष्ट्रेलिया र नेपालीको सिस्टम एउटै छ । तर नेपालको तुलनामा अष्ट्रेलियामा हरेक कुराहरु बढी व्यवस्थित छन् । नेपाली विद्यार्थीहरुलाई त्यो व्यवस्थित प्रणाली मन परेको हो भन्न सकिन्छ ।

विदेशी विद्यार्थीका लागि अष्ट्रेलियाले लिएको नीतिलाई कसरी लिनुहुन्छ ?
केही वर्षयता नेपाली विद्यार्थीका लागि मात्रै नभइ विदेशी विद्यार्थीका लागि पनि अष्ट्रेलियाको नीति राम्रो तथा विद्यार्थीमैत्री भएको पाइन्छ । नेपाल र नेपाली विद्यार्थीको कुरा गर्दा नीति निकै सकारात्मक छ । एसेस्मेन्ट लेभल २ मा छ । यो निकै राम्रो संकेत पनि हो । पढाइका बीचमा पनि र पढाइ सकिएपछि पनि काम गर्ने विषयमा अष्ट्रेलियाको नीति निकै राम्रो छ । पढाइ सकिएपछि २ वर्षसम्मका लागि पीएसडब्ल्यु पाइन्छ । त्यसपछि पीआरका लागि पनि अप्लाइन गर्न सकिन्छ । यी सबै कुरा हेर्दा अष्ट्रेलियाले विदेशी विद्यार्थीका लागि लिएको नीति निकै राम्रो र विद्यार्थी मैत्री भएको पाइन्छ ।

‘न्यू इरा इन्स्टिच्युट’ कलेजमा के कस्ता विषय अध्यापन हुन्छन र किन पढ्ने ?
‘न्यू इरा इन्स्टिच्युट’ले ‘गेटवे टु द फ्युचर’ नारा नै अगाडि सारेको छ । हाम्रो कलेजमा पढाइ मात्रै हुँदैन, विद्यार्थीलाई भविष्यमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि जानकारी दिन्छौ । उनीहरुलाई सोही अनुसारले तयार पार्छौ । प्रत्येक विद्यार्थीलाई चिन्छौ । उनीहरुलाई के कस्ता समस्या पर्छ र कसरी त्यसलाई समाधान गर्नुपर्छ भन्ने विषयमा हामी सचेत हुन्छौ ।
विषयगत हिसाबले हेर्दा हामीले हाल ‘अर्ली चाइल्डहुड एन्ड एजुकशेन केयर’ विषय अध्यापन गराउँदै आएका छौ । यो विषयको स्कोप अष्ट्रेलिया लगायत सबै खाले मुलुकमा निकै राम्रो छ । यो विषय पढेर राम्रो भविष्य बनाउन सकिन्छ । साथै, हाम्रो कलेजकी सीईओ पनि यसै क्षेत्रमा विगत लामोसमयदेखि काम गरिरहनु भएकी अनुभवी हुनुहुन्छ । हामीसँग अष्ट्रेलियाका १ सय ३० वटा चाइल्ड केयर कम्पनीहरुसँग सम्बन्ध छ ।
विद्यार्थीका लागि प्राक्टिकल गर्न तथा पढाइपछि जागिर गर्नका लागि यसले सहज बनाउँछ । विद्यार्थीले पढ्दै, काम गर्दै कमाउन सक्छन् । यो विषय पढ्न आईईएलटीएसमा ५.५ मात्रै ल्याए पुग्छ । नर्सिङको हकमा पढाइ पूरा भएपछि लाइसेन्स लिएर मात्रै काम गर्न पाउँछन भने यसमा पढ्दै पनि काम गर्न सक्छन् ।

विश्वविद्यालय र कलेजमा पढ्दा के फरक हुन्छ ?
सुरुमा अष्ट्रेलिया जाँदा विश्वविद्यालयभन्दा कलेज मै जानु राम्रो हुन्छ । यसले एकातिर पैसा बचत गराउँछ भने अर्कोतिर समय पनि बचाउँछ । विश्वविद्यालयमा पढाइने कोर्सको तुलनामा धेरै र कम शुल्कमा हामीले पठाउँदै आएका छौ । पढाइपछि विद्यार्थीले पढाउन पनि सक्छन भने जागिर गर्न पनि सक्छन् । त्यसैले मेरो सल्लाह मान्ने हो भने विश्वविद्यालयको तुलनामा सुरुमा कलेजमा भर्ना हुँदा विद्यार्थीलाई नै फाइदा हुन्छ ।
हाल हामीले नेपालबाट नयाँबानेश्वरस्थित सेन्ट जेवियर्स एजुकेशन कन्सलटेन्सीमार्फत काम गरिरहेका छौ । विद्यार्थीलाई यसबारेमा कुनै पनि जानकारी चाहिए त्यहाँबाट पनि लिन सक्छन् । आफैले इन्टरनेटमा पनि खोज्न सक्छन् ।

अष्ट्रेलिया जान चाहने विद्यार्थीले के कस्ता कुरामा ध्यान दिनुपर्छ ? के सल्लाह दिनुहुन्छ ?
सबैभन्दा पहिलो कुरा त आफैमा बलियो हुनुहुन्छ । शैक्षिक र आर्थिक दुबै हिसाबले बलियो नभएसम्म इन्टरनेशनल डिग्री पाउन कठीन हुन्छ । अष्ट्रेलिया जानुभन्दा अगाडि त्यहाँको भाषा संस्कृति राम्रोसँग बुझ्नु पनि पर्छ । आफूले कुन विषय लिने हो त्यसको स्कोप छ कि छैन भन्नेबारेमा पनि तयार रहनुपर्छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE