यी हुन अष्ट्रेलियाका १० उत्कृष्ट विश्वविद्यालय

प्रकाशित मिति :2018-06-05 03:59:41

काठमाडौं/अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटीको सूची सार्वजनिक भएको छ । विश्वका उत्कृष्ट युनिभर्सिटीको सूची सार्वजनिक गरेको सीडब्लुयुआरले यस वर्षका अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटीको सूची सार्वजनिक गरेको हो ।
विश्वका उत्कृष्ट युनिभर्सिटीको सूचीमा ५७ औं स्थानमा आएको युनिभर्सिटी अफ मेलबर्न अष्ट्रेलियाको सबैभन्दा उत्कृष्ट युनिभर्सिटी बन्न सफल भएको छ । त्यस्तै, युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ क्विन्सल्याण्ड, अष्ट्रेलियन नेशनल युनिभर्सिटी र युनिभर्सिटी अफ न्यु साउथ व्हेल्स क्रमश ः दोस्रो, तेस्रो, चौथो र पाँचौं उत्कृष्ट युनिभर्सिटी बन्न सफल भएका छन् ।

विश्वका उत्कृष्ट युनिभर्सिटीको सूचीमा भने युनिभर्सिटी अफ मेलबर्न ५७ औं स्थानमा, युनिभर्सिटी अफ सिड्नी ७१ औं स्थानमा, युनिभर्सिटी अफ क्विन्सल्याण्ड ७४ औं स्थानमा र अष्ट्रेलियन नेशनल युनिभर्सिटी ८२ औं स्थानमा तथा युनिभर्सिटी अफ न्यु साउथ व्ह्लेस ११९ औं स्थानमा, मोनास युनिभर्सिटी १२५ औं स्थानमा र युनिभर्सिटी अफ वेस्टर्न सिड्नी १४५ औं स्थानमा आएका छन् ।

अष्ट्रेलियाका १० उत्कृष्ट युनिभर्सिटीको सूची

१. युनिभर्सिटी अफ मेलबर्न
२. युनिभर्सिटी अफ सिड्नी
३. युनिभर्सिटी अफ क्विन्सल्याण्ड
४. अष्ट्रेलियन नेशनल युनिभर्सिटी
५. युनिभर्सिटी अफ न्यु साउथ व्हेल्स
६. मोनाश युनिभर्सिटी
७. युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया
८. युनिभर्सिटी अफ अडेलेड
९. क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी
१०. मक्वेरि युनिभर्सिटी

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE