दरबन्दी बाँडफाँडमा आर्थिक चलखेल भएको भन्दै संसदमा आपत्ती

प्रकाशित मिति :2018-06-10 11:49:51


काठमाडौं/२७ जेठ–शिक्षक दरबन्दीको बाँडफाँड आर्थिक प्रलोभनका आधारमा भएको भन्दै राष्ट्रिय जनता पार्टी नेता राजकिशोर यादवले त्यसको छानबिन गर्न माग गरेका छन् । आइतबार संघीय संसदमा समय लिएर बोल्दै यावदले सिराह जिल्लामा शिक्षक दरबन्दीमा आर्थिक चलखेल र प्रलोभनका आधारमा भएकाले सरकारले उक्त निर्णय खारेज गर्दै नियम अनुसार दरबन्दी हुनुपर्ने माग गरे ।
उनले भने, “जिल्ला शिक्षा अधिकारीले दरबन्दी माग्दा विद्यार्थीको संख्यालाई कुन स्कुललाई आवश्यकता छ नहेरीकन आर्थिक चलखेल प्रलोभनमा परेर दरबन्दी बाँडफाँड गरेको छ ।”
उनले थपे, “जिल्लामा शिक्षासँग सम्बन्धित संघसंगठनहरुले निवेदन दिएको छ । प्रदेशमा पनि र केन्द्रमा पनि निवेदन दिएको छ ।”
शिक्षा अधिकारीको नाम नलिइकन उनले भने, “शिक्षा अधिकारी जिल्ला छाडेर केन्द्रमा नेताको घर, शक्तीकेन्द्रको घर चहारिरहेको अवस्था छ । उक्त अधिकारी यस अगाडि पनि अख्तियारमा मुद्धा खेपिरहेका छन् ।”
सरकारले अनियमित रुपमा बाँडफाँड भइरहेको दरबन्दीलाई एउटा समिति बनाएर छानबिन गर्नुपर्छ । र जुन आधारमा दरबन्दी बाँडफाँड हुनुपर्ने हो त्यही अनुसारले होस भन्ने माग गर्दछु ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE