शिक्षामन्त्रालयद्वारा विभिन्न कार्यदल गठन

प्रकाशित मिति :2018-06-13 06:25:52

काठमाडौं/३० जेठ–शिक्षा मन्त्रालयले शिक्षा प्रणालीलाई समय सापेक्ष सुधार गर्ने भन्दै विभिन्न कार्यदल गठन गरेको छ । मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालका अनुसार ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यक्षदेश, २०७५, एमबीबीएसको एकीकृत प्रवेश परीक्षा, कलेजहरुको सिट संख्या निर्धारण, प्राविधिक तथा व्यवसायिक शिक्षा एवन तालिम नीति २०६९ तथा विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न निर्णयहरु गरेको छ । जसका लागि विभिन्न कार्यदल गठन गरेको हो ।
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश
‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ जारी भएको जानकारी दिएको छ । चिकित्सा शिक्षाको नियमनलाई एकीकृत तथा चुस्त बनाउनका लागि अध्यादेश जारी भएको उल्लेख गरिएको छ । चिकित्सा शिक्षामा गुणस्तर, व्यावसायिकता, संस्थागत जवाफदेही, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गरी विपन्न लगायत सवै विद्यार्थीहरुको समान पहुँच सुनिश्चित गरिने उल्लेख छ । अध्यादेशको व्यवस्था अनुरुप चिकित्सा शिक्षाको प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा, नतिजा प्रकाशन लगायतका कार्यहरु एकसाथ गर्ने गरी एउटै क्यालेण्डर लागू गर्न आयोगबाट अन्तिम टुंगो लगाउने गरी निर्णय भएको छ ।
एकीकृत प्रवेश परीक्षा
यसै अनुरुप चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालन गर्ने निर्णयका लागि प्रव्रिmया अघि बढाइएको छ । यस कार्यका लागि नीति तथा मापदण्ड निर्धारण गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा.जगदिश प्रसाद अग्रवालको संयोजकत्वमा ६ सदस्यीय परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ ।
सिट संख्या निर्धारण
चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा.धर्मकान्त बाँस्कोटाको संयोजकत्वमा ५ सदस्यीय शिक्षण संस्थाहरुको “सिट संख्या निर्धारण समिति” गठन गरिएको छ । जसमा काठमाण्डौ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका डिन प्रा.डा. राजेन्द्र कोजु, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरू खनाल, त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. राजेन्द्र गुरागाई सदस्य रहेका छन् । चिकित्सा शिक्षा आयोगका सचिव लालजंग चौहानलाई यस कार्यदलको सदस्य सचिव तोकिएको छ ।

प्राविधिक तथा व्यवसायिक शिक्षा एवन तालिम नीति २०६९
शिक्षा मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तीमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी व्यवस्थामा सुधार गर्न यसको नीतिगत तथा कानुनी संयन्त्र परिवर्तन गर्न आवश्यक देखिएकाले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम नीति, २०६९ मा समसामयिक सुधार गर्ने निर्णय भएको छ । जसमा बहुद्वारबाट सञ्चालित प्राविधिक शिक्षा तथा तालिमका कार्यव्रmमलाई एकद्वार प्रणालीमा ल्याउने, शिक्षा प्रणालीलाई रोजगारमुखी, सीपमूलक, जीवनोपयोगी, व्यावसायिक बनाइने छ । जसका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका सम्बन्धमा प्रस्तावित नीति तथा संस्थागत संयन्त्रबारे सmुझाव दिन प्रा.डा. प्रमोद श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । यस कार्यदलका सदस्यहरुमा डा. सुनिलबाबु श्रेष्ठ, डा. राजेन्द्र अधिकारी, प्रा.डा. टंकनाथ शर्मा र मन्त्रालयका सहसचिव डा. हरी लम्साल रहेका छन् । शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका उपसचिव डा. मुकुन्दमणि खनाललाई सदस्य सचिव तोकिएको छ ।

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा
विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा उच्च शिक्षाको संस्था सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ (संशोधनसहित) को समसामयिक परिमार्जन, विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालित संस्थाहरुको प्रभावकारी अनुगमन, मूल्यांकन, परीक्षा प्रणाली लगायतका विषयमा अध्ययन र विदेशी विश्वविद्यालयका सम्बन्धनमा सञ्चालन भएका शैक्षिक कार्यव्रmमको समकक्षताका सम्बन्धमा उपयुक्त विधि र प्रव्रिmया लगायतका विषयमा उपयुक्त सुझाव पेश गर्न प्रा.डा. यादवराज कोइरालाको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । सात सदस्यीय कार्यदलका सदस्य सचिव मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम रहेका छन् । मा.मन्त्रीस्तरबाट भएको निर्णय अनुसार कार्यदललाई २ महिनाको कार्यावधि दिइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसईई नतिजामा ३ हजारभन्दा बढी विद्यार्थीको नतिजा त्रुटिपूर्ण

काठमाडौं/ ११ असार – शनिबार सार्वजनिक गरिएको एसईईको नतिजामा प्राविधिक गडबढीका कारण ३ हजारभन्दा विद्यार्थीको

८ विद्यार्थी संगठनले तीन दिन शैक्षिक हड्ताल गर्ने

काठमाडौं/११ असार – विभिन्न ८ वटा विद्यार्थी संगठनहरुले असार २०, २१ र २१ गते तीन

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE