गर्मीका कारणले तराईका विद्यालयहरु बन्द

प्रकाशित मिति :2018-06-13 06:48:07

काठमाडाैं/जेठ ३०–एकसाता यता बढेको गर्मीका कारणले तराईका अधिंकाश जिल्लाका निजी तथा सामूदायिक विद्यालयहरु बन्द भएका छन् ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिनुका साथै पढाइमा असर परेको हुँदा विद्यालयहरु बन्द गरिरहेको हो । कपिलवस्तु जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ ।

यसैगरी पर्सा जिल्लाको ४ स्थानीय तह वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिकाका विद्यालय ३ दिनका लागि र सखुवा प्रसौनी र ठोरी गाउँपालिकाका विद्यालय ५ दिनका लागि बन्द गरिएको छ ।

बढँ्दो गर्मीलाई ध्यानमा राख्दै दाङको तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालय ३ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । प्याब्सन र एनप्याब्सनले पनि दाङमा रहेका सदस्य विद्यालयहरु ३ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । तराईका जिल्लाहरुमा गर्मी बढेसँगै दैनिक जीवन कष्टकर बन्दै गईरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसईई नतिजामा ३ हजारभन्दा बढी विद्यार्थीको नतिजा त्रुटिपूर्ण

काठमाडौं/ ११ असार – शनिबार सार्वजनिक गरिएको एसईईको नतिजामा प्राविधिक गडबढीका कारण ३ हजारभन्दा विद्यार्थीको

८ विद्यार्थी संगठनले तीन दिन शैक्षिक हड्ताल गर्ने

काठमाडौं/११ असार – विभिन्न ८ वटा विद्यार्थी संगठनहरुले असार २०, २१ र २१ गते तीन

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE