शिक्षक दरबन्दी बाँडफाँडमा विभेद भएको भन्दै संसदमा विरोध

प्रकाशित मिति :2018-06-13 06:59:23


काठमाडौं/ ३० जेठ–सरकारले शिक्षक दरबन्दीमा विभेद भएको भन्दै मधेसी नेता प्रभु शाहले बुधबार संघीय संसदमा समान वितरण हुनुपर्ने माग गरेका छन् । सरकारले शिक्षक दरबन्दीमा विभेद गरेको भन्दै उनले यस्तो अवस्थामा २ वर्षमा मुलुक साक्षर नहुने बताए ।
शिक्षक दरबन्दीमा सरकारले विभेद गरेको आरोप लगाउँदै दरबन्दी वितरणमा शिक्षा नियमावलीले मापदण्ड र सुचांकका आधारमा दरबन्दी हुनुपर्ने माग गरे ।
उनले भने, “अहिले सरकारले विद्यालयमा ‘विद्यार्थी ल्याउँ, सिकाउ र टिकाऊ’ अभियान चलाएको छ, तर शिक्षक दरबन्दी नै नहुँदा विद्यार्थीले के सिक्छन कस्ले सिकाउँछ ?”
ललितपुर र रौतहट जिल्लाका विद्यालय र दरबन्दीलाई तुलना गर्दै उनले भने ललितपुरमा आवश्यक दरबन्दी वितरण हुँदा रौतहटमा बाँडफाँडमा विभेद भएको छ ।
उनले अगाडि थपे, रौतहटमा हाल १ लाखभन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । तर जम्मा दरबन्दी २ हजार छ । जसमा माध्यामिक विद्यालयमा ७९ वटा विद्यालयमा जम्म १७९ वटा मात्रै दरबन्दी छ । १५ वटा माविमा दरबन्दी नै छैन् । ललितपुरको कुरा गर्ने हो भने ४३ वटा माध्यमिक विद्यालयमा २५६ वटा दरबन्दी छ ।
त्यस्तै, निमावीको कुरा गर्दा रौतहटमा ७७ वटा निमावीमध्ये १७४ मात्रै दरबन्दी छ । जसमा ३६ वटा विद्यालयमा त दरबन्दी नै छैन् । तर ललितपुरको कुरा गर्ने हो भने निमावी तहमा रहेका ३३ वटा विद्यालयमा ३०९ वटा दरबन्दी छ ।
त्यस्तै, भौतिक पूर्वाधारमा समेत सरकारले वेवास्ता गरकेो आरोप लगाए । उनले भने, सरकारले विद्यालयमा विद्यार्थी ल्याउनेर टिकाउने कुरा त अगाडि ल्यायो तर त्यसको कार्यान्वयनका लागि प्रभावकारी कदम चालेन ।
उनले भने, “एउटा कक्षामा २ सय विद्यार्थी त ल्याउने तर विद्यार्थी उभिएर पढ्न सक्ने वातावरण समेत छैन् , त्यसमाथि अहिले गर्मीका कारणले त विद्यार्थी विद्यालय जान सक्ने अवस्था छैन् ।”

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE