नृत्य प्रतियोगितामा बाल कल्याण विद्यालय प्रथम

प्रकाशित मिति :2018-06-13 10:59:53

काठमाडौं/जेठ ३०– काभ्रेको तेमालमा भएको विद्यालयस्तरीय नृत्य प्रतियोगितामा बाल कल्याण आधारभूत विद्यालय प्रभम भएको छ ।

तेमाल गाउँपालिका वडा नं. २ मा रहेका विद्यालय समेटेर तेमाल २ सस्य्रंखर्क प्रावि स्तरीय प्रतियोगितामा दोस्रो सर्वोद्धार मावि भएको छ भने तेस्रो जनअदार आधारभूत विद्यालय भयो । कार्यक्रममा उष्कृट हुने विद्यार्थीहरुलाई पुरस्कार तथा पदक दिएको थियो ।

तेमाल गाउँपालिकाको आर्थिक सहयोग तथा बाल कल्याण आधारभूत विद्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कलाकार, निर्देशक अमरकृष्ण चन्द, सर्वोद्धार माविका प्रअ वीरनन्द लामा, विद्यालय व्यवस्थापन समितिका सदस्य जगत तामाङ, बालकल्याण विद्यालयका प्रअ कुमारसिं लामा, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रंजित तामाङ लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE