अनलाइनबाटै गुगल सम्म पुगेः रेमन प्रसाई

प्रकाशित मिति :2018-06-20 06:46:06

Image result for रेमन प्रसाइ

काठमाडौं/असार ६–झापा दमकका १४ वर्षे रेमन प्रसाईले विश्वलाई आश्चर्य पार्दै एन्टि ह्याकिङ सप्टवेयर निर्माण गरेका छन् । दमकमा रहेको सिद्धार्थ बोडिङ स्कुलमा कक्षा ९ मा अध्ययनतर उनले गुगललाई उक्त सप्टवेयर ३० लाखमा बेचिसकेका छन् । यहाँ उनीसँग गरिएको कुराकानीलाई प्रस्तुत गरिएको छ ।
कसरी सप्टवेयर निर्माण गर्नु भयो ?
मैले कक्षा ३ मा पढ्दै देखि कम्प्युटर चलाउँथे । सानैदेखि नै कम्प्युटर चलाउन मनपर्थे । अनलाइन कोर्षहरु हेरे, त्यहाँ भनेका कुराहरु सिक्दा सिक्दै मैले यो सप्टवेयर निर्माण गरेको हुँ । मलाई यो सप्टवेयर निर्माण गर्नका लागि ७ महिना लाग्यो । मैले सप्टवेयर निर्माण गर्नका लागि अनलाइनमा भएका फ्री कोर्सहरुका साथै शुल्क तिरेर पनि कोर्सहरु गरेको थिए । सप्टवेयर निर्माण गर्ने क्रममा कति चोटि मेरो कम्प्युटरमा भएका फाइलहरु उडेका छन् भने कति चोटि कम्प्युट ह्याङ्ग पनि भएको थियो ।
यो सप्टवेयरले कसरी काम गर्छ ?
सिडीको माध्यमबाट यो सप्टवेयर कम्प्युटरमा एकचोटि अपडेट गरेपछि ह्याकरले कम्प्युटरमा भएका डाटाहरु ह्याक गर्न सक्दैन । ह्याकरले ह्याक गर्न खोज्दा ह्याकरको कम्प्युटरमा भाइरसहरु जान्छ र कम्प्युटर ह्याङ्ग गरिदिन्छ । सुरुमा सिडी किन्न पैसा लाग्छ भने अपडेट गरेपछि पैसा तिर्नु पर्दैन ।
गुगल सम्म कसरी पुग्नुभयो ?
गुगल सम्म पनि म अनलाइनकै माध्यमबाट पुगेको हो । युट्यूबमा भएका भिडियोहरु हेरी इमेल गर्न सकि त्यसैलाई फलोअप गरी गुगल सम्म पुगेको हुँ । गुगलले मेरो सप्टवेयर परीक्षण गरी छनोट गरीसके पछि ३० लाख रुपैयाँमा बेचेको भएपनि पैसा पाइसकेको छैन । गुगलले यो सप्टवेयर अहिले सम्म सार्वजनिक गरेको छैन ।
सप्टवेयरको नाम के राख्नु भएको छ ?
मैले यो सप्टवेयरको नाम ‘रेमेक्स’ राखेको छु । मलाई यो नाम मेरो शिक्षकले राख्न सल्लाह दिनुभएको हो । मेरो नाम सँग मिल्दोजुल्दो भएकाले पनि मैले यो नाम राखेको हुँ ।
परिवार र विद्यालयबाट कस्तो प्रतिक्रिया पाउनु भईरहेको छ ?
सुरु सुरुमा कम्प्युटरमा मात्र झुडि रहँदा गाली गर्नु हुन्थ्यो । विस्तारै मैले कन्भेसन गरेपछि बुझ्दै जानु भयो । अहिले सहयोग गरिरहनु भएको छ । मैले गरेको कामबाट खुसी हुनु भएको छ । स्कुलबाट पनि सबैले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ ।
अब के गर्ने योजनामा हुनुहुन्छ ?
भविष्यमा मलाई आईटि क्षेत्रमा लाग्ने रहर छ । कम्प्युटर साइन्स लिएर पढ्ने योजना बनाएको छु । अझै यस्तै खालका आविष्कार गर्ने छु । यसैमा निरन्तर लागी रहनेछु ।
पढाइ र यसलाई कसरी सँगै लैजानु हुन्छ ?
मेरो पढाई औसत विद्यार्थीहरुको जस्तै छ । दुवैलाई सँग सँगै लैजान्छु । स्कुलबाट बचेको समय र फुर्सदको समयमा मात्र कम्प्युटर प्रयोग गर्छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE