अस्थायी शिक्षकको आन्दोलन फिर्ता, परीक्षा सफल पार्न आह्वान

प्रकाशित मिति :2018-07-05 06:42:43

फाइल तस्बिर
काठमाडौं/२१ असार – आन्तरिक परीक्षा स्थगित गर्नका लागि आन्दोलनको तयारी गरेको छुट अस्थायी करार शिक्षक संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर परीक्षाको तयारीमा जुट्ने निर्णय गरेको छ । अध्यक्ष हरिवंश पराजुलीका अनुसार आन्दोलनका कारणले परीक्षा नै हुने खतरा बढेको भन्दै प्राप्त उपलब्धीलाई रक्षा गर्दै अगाडि बढ्ने निर्णय गरिएको हो ।
“परीक्षा सार्नु मात्रै निकास हो भने अब आन्तरिक परीक्षा कहिल्यै नहुने निश्चित भएकाले आवेग र बहकाउमा नलागेर परक्षिाको सुनिश्चितताका लागि अस्थायी करार शिक्षकका बाँकी रहेका मुद्धाहरु सम्बोधन गर्ने गरी असार २९ र ३० गतेको आन्तरिक परीक्षा सफल पारौं” उनले फेसबुकमा लेखेका छन् ।
यस अगाडि समितिले अस्थायी तथा करार शिक्षकका माग सम्बोधन नभएको भन्दै परीक्षा स्थगितको माग राख्दै आमरण अनसन बस्ने निर्णय गरेको थियो । पटक पटक परीक्षा स्थगित हुँदा प्राप्त उपलब्धी नै गुम्ने खतरा उत्पन्न भएकाले आफूहरु आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको उनको भनाइ छ ।
यस अगाडि चार पटकसम्म स्थगित भएको परीक्षा यही असार २९ र ३० गतेका लागि पुनः तोकिएको छ ।
जसमा २९ गते निम्न माध्यमिक र माध्यमिक तहको र २० गते प्राथमिक तहको परीक्षा हुँदैछ । शिक्षक सेवा आयोगका अनुसार आन्तरिकतर्फ २२ हजार ७६ पदका लागि २३ हजार ८६ वटा आवेदन परेका छन् ।
यस अगाडि विगतमा पटकपटक सँगै आन्दोलनमा सहभागी अस्थायी शिक्षकबीच पनि परीक्षा स्थगित गर्न आन्दोलन गर्ने र परीक्षा हुनुपर्छ भन्नेबीचमा विभाजन देखिएको थियो ।
त्यस्तै, बुधबार संसदमा बोल्दै सांसद रंगमति शाहीले हिमाली जिल्लाका शिक्षकलाई परीक्षा केन्द्र पायक नपर्दा समस्या उत्पन्न भएको भन्दै सरकार समक्ष हिमाली जिल्ला मै परीक्षा केन्द्रको व्यवस्था गर्नुपर्ने माग गरेकी थिइन् । हिमाली जिल्लामा परीक्षाकेन्द्र नहुँदा अन्यत्र जानुपर्ने र मौसम खराबी र फ्लाइटको टिकट नपाउने सम्भावना भएकाले शिक्षकहरु परीक्षाबाटै बञ्चित हुनुपर्ने अवस्था आएकाले हिमाली जिल्ला मै परीक्षाकेन्द्रको व्यवस्था गर्न माग गरेकी थिइन् ।
उता आयोगले हिमाली जिल्लामा परीक्षाकेन्द्र राख्दा खर्च महंगो हुने भएकाले सुगम क्षेत्रमा परीक्षाकेन्द्रको व्यवस्था गरिएको बताएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE