विश्वकप फुटवल र बालमस्तिषकमा परेको असर

प्रकाशित मिति :2018-07-05 07:48:50

जर्मनी

काठमाडौं/रसियामा जारी विश्वकप फुटवल प्रतियोगिताले संसारभरका खेलप्रमीहरुलाई तताएको छ । घर परिवार, साथीभाइको जमघट, अफिस, बजारहरुमा अचेल चर्चाको विषय नै फुटबल बनेको छ । बिहानै चियापसलदेखि, पत्रपत्रिका, रेडियो, टेलिभिजनमा पनि फुटवल कै चर्चा सुनिन्छ ।
कस्ले विश्वकप जित्ला ? कस्तो टिमले जित्यो ? कस्तो टिमले हा¥यो ? कुन टिम घर फर्कियो ? कुन खेलाडीले राम्रो प्रदर्शन ग¥यो ? लगायतका विभिन्न चर्चा अहिलेको विषय बनेको छ ।
सारा संसारलाई छोएको विश्वकप फुटवलले स्कुल र स्कुले केटाकेटीलाई नछुने कुरै भएन । विद्यालयमा फुटवल सुरु भएदेखि नै फुटवल खेलाउने, केटाकेटीमा यसबारे उत्सुक्ता जगाउनेसम्मका काम स्कुलले गरेका छन् । स्कुल मात्रै होइन उनीहरुका अभिभावकहरुले पनि आफ्ना सन्तानलाई उनीहरुलाई मनपर्ने खेलाडी, देशका जर्सी लगाइदिएर उनीहरुका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।
बालबालिकालाई खेलप्रति यसरी उत्सुक बनाउने, यसबारेमा जानकार बनाउने एक प्रकारले राम्रो कुरा पनि होला तर यसको नकारात्मक पाटो पनि उत्तिकै छ ।
विश्वकप फुटवलको अन्तिम १६ को खेलमा अर्जेन्टिना फ्रान्ससँग पराजित भएसँगै हारको पीडामा रोइरहेका केटाकेटीका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भए । रमाइलोका लागि फेसबुकमा पोस्ट गरिए पनि यसले एउटा गम्भीर प्रश्न खडा गरेको छ ।
आफ्ना बालबालिकालाई कुनै एउटा टिमको अन्धभक्त बनाएर हार र जीतमा चुर्लुम्म डुबाउँदा बालमस्तिष्कमा कस्तो प्रकारका मानसिक असर पर्छ ख्याल गरेको पाइएन् । यसमा अभिभावकहरु समेत पनि सचेत भएको पाइएन् ।
फुटवल सुरु भएसँगै कतिपय स्कुलहरुले विद्यार्थीलाई मनपर्ने जर्सी मै स्कुल आउन निर्देशन दिए । मैतिदेवी बस्ने र भीएस निकेतन स्कुलमा कक्षा १ मा पढ्दै गरेको एक जना विद्यार्थी अर्जेन्टिनाको हारसँगै स्कुल जान मानेनन् । उनले अभिभावक भने, अर्जेन्टिनाले हारेपछि कसरी स्कुल जानु ? साथीहरुले के भन्लान ?
आफ्ना समर्थक टिमले हारेसकेपछि विद्यालय जान हिच्किचाउनु गम्भीर समस्या हो । खेललाई खेल कै रुपमा बालबालिकालाई नबुझाइ हार र जीतसँग तुलना गर्दा विद्यार्थीको कलिलो मस्तिष्कले कसरी ग्रहण गर्ला ।
हामीले विगतमा पनि देखेका छौ, एसएलसी र एसईई परीक्षामा अनुत्तीर्ण हुँदाको पीडा खप्न नसक्दा विद्यार्थीहरुले आत्महत्याको बाटो समातेका छन् । कक्षा १० पढ्ने विद्यार्थीहरु १५÷१६ वर्षका हुन्छन् । तर अहिले हामीले ५÷७ वर्षकै बालबालिकामा जीत र हारबारे शिक्षा दिइरहेका छौं । यसले विद्यार्थीलाई कत्ति पनि फाइदा गर्दैन् ।
तथ्यांक अनुुुसार ९० प्रतिशत बालबालिकाको मष्तिषक ५ वर्षको उमेरसम्म बृद्धि भइसकेको हुन्छ । जन्मने अवस्थामा एक चौथाइ वृद्धि भएको हुन्छ । पहिलो वर्षमा दोब्बर बृद्धि हुन्छ भने वयस्क नहुँदासम्म बृद्धि हुने क्रम जारी रहन्छ । यस्तो अवस्थामा हामीले के शिक्षा दिने हो त्यसमा भरपर्छ ।
कतिपय अवस्थामा वयस्कहरुले नै हार र जीतको पीडा खप्न सक्दैनन् । एउटा खेलमा भएको हार र जीतलाई नै सर्वोस्व ठान्ने पनि हुन्छन भने बालबालिकाले कसरी सक्छन । यसको नतिजा बालबालिकामा नैराश्यता उत्पन्न हुने हुन्छ । उसमा पढ्न मन नलाग्ने, आफू कमजोर भएको महसुस हुने हुँदा यसले बालबालिकाको विकासमा समस्या उत्पन्न गर्न सक्छ । जसरी बालबालिकालाई जीत र हारबारे ज्ञान दिन समय लाग्छ, त्यो पीडा भुल्न उत्तिकै समय लाग्छ ।
त्यसैले अभिभावक, शिक्षकहरु पनि यसबारेमा बालबालिकालाई सचेत राख्नु नै बेस हुन्छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE