१२ औं इक्यान मेला साउन ३ गतेदेखि

प्रकाशित मिति :2018-07-08 10:40:27

काठमाडौं/२४ असार –नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले अगामी साउन ३ गतेदेखि चार दिनसम्म १२ औं इक्यान शैक्षिक मेला आयोजना गर्ने भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिइएको हो ।
उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको मेलामा अष्ट्रेलिया, युरोप, अमेरिका, जापान, चीन, बंगलादेशलगायतका मुलुकहरुको शिक्षाका बारेमा जानकारी दिइने छ ।
मेलामा एजुकेशन कन्सलटेन्सीसँगै विदेशी विश्वविद्यालयको समेत स्टल रहनेछन् । मेलामा विद्यार्थीले आफू जान चाहेको मुलुक, त्यहाँको शिक्षा, बसाइ, वातावरण तथा शुल्कबारे जानकारी लिन सक्नेछन् ।
साथै आफूले पढ्न चाहेको विषय, त्यस विषयको स्कोप, लागत खर्चका बारेमा पनि करिअर काउन्सिलिङ गरिनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले भने, “मेलामा विदेश शिक्षाबारे सबै खाले जानकारीसँगै अभिभावक र विद्यार्थीका लागि करिअर काउन्सिलिङ समेत गरिनेछ ।”
उनले भने, “शैक्षिक मेलाबाट अभिभावक तथा अन्य सरोकारवाला अन्तरराष्ट्रिय शिक्षा सम्बन्धि सही जानकारी र परामर्श पाउन भन्ने अपेक्ष सहित मेला आयोजना गर्न लागिएको हो ।”
एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको मेलालाई युरो एसिया एजुकेशन कन्सलटेन्सी टाइटल स्पोन्सर, इन एसोसिएसन विथमा मर्सी एजुकेशन कन्सलटेन्सी रहेको छ । त्यस्तै, काठमाडौं इनफोसिस एजुकेशन कन्सलटेन्सी मेन स्पोन्सरका रुपमा छ ।
विद्यार्थीले मेलामा सबै देशको शिक्षा, शिक्षा नीति, त्यहाँ जाने प्रक्रिया, शुल्क, त्यहाँ रहँदाको अवस्थामा, बसाइ तथा जागिरका बारेमा सबै खाले जिज्ञाशा मेट्न सक्नेछन् ।
चार दिनसम्म चल्ने मेलामा चारै दिन रक्तदानको कार्यक्रम समेत राखिएको छ ।
इक्यान एजुकेशन कन्सलटेन्सी व्यवसायीहरुको सबैभन्दा ठूलो संघ हो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE