अस्थायी शिक्षक परीक्षाको तयारी पूरा, यसरी हुँदैछ परीक्षा

प्रकाशित मिति :2018-07-10 12:21:23

काठमाडौं/ २६ असार –शिक्षक सेवा आयोगले अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । मंगलबार एजुकेशन न्युजसँग कुरा गर्दै आयोगका  प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले भने, “परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ, अहिले पाँच स्थानबाट धमाधम प्रवेश पत्र वितरणको काम भइरहेको छ ।”
आयोगले दिएको जानकारी अनुसार सबै प्रकारका विज्ञापनमा गरी कुल २२ हजार ७६ पदका लागि २३ हजार २८६ अस्थायी शिक्षकले प्रतिष्पर्धा गर्दैछन् । जसमा प्राथमिक तहमा १६ हजार १९९, निम्न माध्यमिक तहमा ३ हजार ७६४ र माध्यमिक तहमा ३ हजार ३२३ जना प्रतिष्पर्धा गर्दैछन् । जसमा बढीमा २० हजार ४ सय ३९ शिक्षक स्थायी हुनेछ । बाँकी स्वतः अवकास प्राप्त गर्नेछन् ।
आयोगले चैतमा शिक्षा ऐनको आठौं संशोधनमार्फत पहिलो पटक विज्ञापन खुलाएको थियो । त्यसयता आयोगले चार पटक परीक्षा स्थगित गरिसकेको छ । आठौं संशोधन अनुसार १५ हजार ६८९ आवेदन परेको थियो । तर नवौं संशोधनले आन्तरिकतर्फ ७५ प्रतिशत सिट तथा अनुत्तीर्ण भए सुुविधा दिने व्यवस्था गरेपछि ७ हजार ५९७ जना परीक्षार्थी थपिएका थिए ।
आयोगले परीक्षा सञ्चालन हुने पाँच विकास क्षेत्रका ५ जिल्लामा १ सय १६ परीक्षाकेन्द्र समेत निर्धारण गरिसकेको छ । आयोगका अनुसार पूर्वाञ्चलमा झापा, मध्यमाञ्चलमा काठमाडौं, पश्चिमाञ्चलमा कास्की, मध्यपश्चिमाञ्चलमा बाँके र सूदुरपश्चिमाञ्चलमा कञ्चरपुरमा परीक्षा केन्द्र सार्वजनिक गरिसकेको छ ।
आयोगका  प्रशासकीय प्रमुख थपलियाका अनुसार आयोगको विज्ञापनलाई विभिन्न ९ वटा खण्डमा विभाजन गरिएको छ । जसअनुसार अस्थायी शिक्षकले प्रतिष्पर्धा गर्नेछन् ।
१) २०४९ पुष २० गतेभन्दा अगाडिका शिक्षकको समूहलाई पहिलो मानिएको छ ।
२) २०४९ पुष २० पछि २०६१ साउन २२ गतेसम्म अस्थायी नियुक्ती पाएका शिक्षकलाई दोस्रो समूहमा राखिएको छ ।
३) २०६१ साउन २२ गतेपछि २०७२ साल असोज २ गतेसम्म नियुक्त भएका शिक्षकलाई तेस्रो समूहमा राखिएको छ ।
र यी तीन समूहलाई पनि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी तीन–तीन तहमा विभाजन गरिएको छ ।
आयोगका अनुसार पहिलो समूह जसलाई विज्ञापन नम्बर १०१ पनि भनिएको छ । त्यसमा प्राथमिक तहमा १ हजार १५४ पदका लागि जम्मा ६२७ को आवेदन परेको छ । यसको अर्थ हो यस समूहमा पर्ने परीक्षार्थीले उत्तीर्ण अंक ल्याए मात्रै पुग्छ । त्यस्तै सोही खण्डको १०२ नम्बरको विज्ञापनमा निम्नमाध्यमिक तहमा कुल पद ९ हजार २४८ रहेकोमा ७ हजार ८ सय १७ जनाको आवेदन परेको छ । जसमा प्रतिष्पर्धा केही बढी गर्नुपर्ने देखिन्छ । त्यस्तै विज्ञापन नम्बर १०३ अन्तर्गतको माध्यमिक तहमा कुल ६ हजार १३० पद रहेकोमा ७ हजार ७५६ जनाले आवेदन दिएका छन् ।
त्यस्तै, २०४९ पुस २० गतेदेखि २०६१ साल साउन २२ गतेसम्म नियुक्त पाउने अस्थायी शिक्षकहरुका लागि लक्षित विज्ञापन नम्बर २०१ अन्तर्गत प्राथमिक तहमा कुल २६४ दरबन्दी रहेकोमा जम्मा १ सय ८ जनाले आवेदन दिएका छन् । त्यस्तै विज्ञापन नम्बर २०२ अन्तर्गत निम्नमाध्यमिक तहमा १ हजार ८८५ दरबन्दी रहेकोमा जम्मा १ हजार ४१८ जनाले आवेदन दिएका छन् । भने विज्ञापन नम्बर २०३ अन्तर्गत माध्यमिक तहमा १ हजार ८५ पदमा विज्ञापन गरिएकोमा कुल २ हजार २५४ जनाले आवेदन दिएका छन् ।
तेस्रो खण्ड २०६१ साउन २२ गतेदेखि २०७२ असोज २ गतेसम्म नियुक्त पाएका शिक्षकहरुको हकमा विज्ञापन नम्बर ३०१ को प्राथमिक तहमा कुल १५८ पदका लागि विज्ञापन आह्वान गरिएकोमा जम्मा ५१ जनाले मात्रै आवेदन दिएका छन् । त्यस्तै, विज्ञापन नम्बर ३०२ को निम्नमाध्यमिक तहमा १ हजार ४२२ विज्ञापित पदमा जम्मा १ हजार ६३ जनाले आवेदन दिएका छन् । भने विज्ञापन नम्बर ३०३ अन्तर्गत माध्यमिक तहमा ७३० विज्ञापित पद मा १ हजार ११ जनाले आवेदन दिएको आयोगले जानकारी दिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE