कविता प्रतियोगितामा क्याम्ब्रिजका आकाश गिरी प्रथम

प्रकाशित मिति :2018-07-12 06:23:13

काठमाडौं/ २८ असार – भानु जयन्तीको अवसरमा आयोजित कविता लेखन तथा वाचन प्रतियोगितामा क्याम्ब्रिज पब्लिक स्कुलका आकाश गिरी प्रथम भएका छन् । गिरीले ३ हजार नगद, ट्रफी सहित प्रमाणपत्र हात पारेका छन् ।

बुधबार २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठान काठमाडौं र रिभेरा इन्टरनेशनल स्कुलको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

प्रतियोगितामा भ्याली भ्यू पब्लिक स्कुलकी छात्रा पुष्पा निरौल द्वितिय भइन । उनले २ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । यसैगरी तेश्रो हुनेमा नोबेल एकेडेमी छात्रा करुणा थापाले १ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

ग्लोबल पब्लिक स्कुलकी आशा श्रेष्ठ, जगतमन्दिरकी सदिक्षा मैनाली र लाइसेन मोडल स्कुलका छात्रा अनुप ढुंगेलले चौथो भएका थिए । चौथो भएका विद्यार्थीहरुले ५ सय नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

रिभेरा स्कुलमा आयोजना भएको उक्त प्रतियोगितामा २० वटा विद्यालयका ४० विद्यार्थीहरुको सहभागिता थियो ।

प्रतियोगीतामा भानु प्रतिष्ठान काठमाडौंका अध्यक्ष प्रा.डा. व्रतराज आचार्य, डा. ध्रुव चन्द्र गौतम, वरिष्ठ साहित्यकारहरु लगायतको उपस्थिती रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE