स्वतन्त्र विद्यार्थी संगठनले कानुन संकायको प्रवेशिका परीक्षाकाे उत्तरपुस्तिका च्यातिदिए

प्रकाशित मिति :2018-07-13 06:16:33

काठमाडौं/२९ असार– सबै विद्यार्थीले पढ्न पाउनु पर्ने माग राख्दै आएको स्वतन्त्र विद्यार्थी संगठनले बुधबार त्रिभुवन विश्वविद्यालयस्थित डिन कार्यालयमा कानुन संकाय अन्तर्गत स्नातक तह प्रथम वर्षको लागि लिएको प्रवेशिका परीक्षाको उत्तर पुस्तिका च्यातिदिएका छन् ।
कार्यालयमा कपी चेकजाँच गर्ने क्रममा उत्तर पुस्तिका च्यातिएको विद्यार्थीहरुले जनाएका छन् । डिन कार्यालयले प्रवेशिका दिएकालाई मात्र कोटा अनुसार पढाउने निर्णयसहित उत्तरपुस्तिका जाँच्न सुरु गरेको समयमा स्वतन्त्र विद्यार्थी संगठनले उत्तरपुस्तिका च्याति दिएका हुन् । स्वतन्त्र विद्यार्थी संगठनले प्रश्न पत्र आउट गरेको , आफू नजिकलाई चिट चोराएको, उत्तर पुस्तिकामा अनियमितता गरेको आरोप लगाउँदै उत्तर पुस्तिका च्यातिदिएका हुन् ।
यसअघि उनीहरुले असार २६ गते कानुन संकायका डीनको राजीनामा माग गर्दै डीन कार्यालयमा तालाबन्दी गरेका थिए । उनीहरुले विगतमा जस्तै खुल्ला प्रणाली अन्तर्गत भर्ना नलिई बाहाना निकाली कानुन संकायका डीनले प्रवेशिका परीक्षामा अनियमितता गरेको बताउँदै आएका छन् ।
डिन कार्यालयले यसअघि विद्यार्थी संगठनको आग्रहमा सबैले पढ्न पाउने निर्माण गरेपनि पछि उक्त निर्णय फिर्ता लिएको थियो । सबै विद्यार्थीहरुले पढ्न पाउने निर्णय फिर्ता लिए पछि डिन कार्यालयले उत्तरपुस्तिका जाँच्ने निर्णय गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE