सरकारले डा. केसीलाई जवरजस्ती ग¥यो नभन्नु होला – शिक्षामन्त्री गिरिराजमणि पोखरेल

प्रकाशित मिति :2018-07-13 07:09:58

काठमाडौं/शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीको स्वास्थ्य उपचारका लागि जवरजस्ती काठमाडौं ल्याउन पनि सकिने बताएका छन् । शुक्रबार सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा शिक्षा पत्रकारिता पुरस्कार वितवरण कार्यक्रममा बोल्दै मन्त्रि पोखरेलले स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले काठमाडौं ल्याउन सकिने बताए ।
उनले भने, “सरकारले यसो गर्दा पत्रकारहरुले सरकारले जवरजस्ती ग¥र्यो भनेर नलेखिदिनु होला ।” केसी विगत १४ दिनदेखि जुम्लामा अनसनरत छन् ।
मन्त्री पोखरेलले केसीको स्वास्थ्य जाँचका लागि चिकित्सकहरुलाई आग्रह गर्दा समेत वास्ता नगरेको आरोप लगाए । उनले भने, “चिकित्सक साथीहरुले डाक्टर सावको उपचारका लागि जुम्ला जान वास्ता गर्नु भएन, तर स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिनु भएको छ ।”
केसीका माग संसदमा गइसकेको अवस्थामा अब अनसन बस्नुको अर्थ नरहेको उनको भनाइ थियो । उनले भने, “अब केसीले राख्नु भएका माग आयोगबाट सम्बोधन हुने भइसकेपछि अनसन बसिराख्नु पर्र्दैन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE