‘एजुकेशन न्यूज नेपाल’लाई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार

प्रकाशित मिति :2018-07-13 07:29:28

काठमाडौं/२९ असार – मुलुकको शैक्षिक विकासमा अनलाइनका माध्यमबाट योगदान पु¥याएको भन्दै ‘एजुकेशन न्यूज नेपाल डट कम’लाई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार २०७४ प्रदान गरिएको छ । शुक्रबार नेपाल पत्रकार महासंघको कार्यालयमा रू २५ हजार राशी र प्रमाणपत्र सहित शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले पुरस्कृत गरे ।
नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिको सिफारिसका आधारमा रु २५ हजार राशी र प्रमाणपत्र प्रदान गरिएको हो । त्यस्तै, राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार रू. ५१ हजार राशी सहित रुपन्देहीका कृष्ण मल्ललाई प्रदान गरिएको छ । मल्ल बुलबुले टुडे र शिक्षक मासिकमा कार्यरत छन् ।
समितिले ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ अन्तर्गत प्रदेश नम्बर १ मा निरोज कोइराला, प्रदेश नम्बर २ का कृष्ण सिग्देल, प्रदेश नम्बर ३ का चमारसिंह लामा, प्रदेश नम्बर ४ का पवन पौडेल, प्रदेश नम्बर ५ का पार्वती पाण्डे, कर्णाली प्रदेश– मेघराज खड्का, र प्रदेश नम्बर ७ का गोकर्ण दयाल साथै उपत्यका प्रदेशका चन्द्र बानियाँलाई प्रदान गरेको छ ।
समितिले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरेको छ ।रु. १५ हजार राशीको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ अन्र्तगत प्रदेश नम्बर १ — रमेशचन्द्र अधिकारी (कान्तिपुर दैनिक–धनकुटा) र नारायणभक्त राई (ब्लाष्ट टाइम्स दैनिक –मोरङ), प्रदेश नम्बर २– नगेन्द्रकुमार कर्ण(गोरखापत्र दैनिक–महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह(जनकपुर टुडे–धनुषा), प्रदेश नम्बर ३ – मन्दिरा थापा(नेपाल टेलिभिजन–दोलखा) र मनोज थापा(अर्थ नेपाल डटकम–नुवाकोट), प्रदेश नम्बर ४– शान्ता कमली(नयाँपत्रिका–लमजुङ) र छविलाल तिवारी(नागरिक दैनिक–पर्वत), प्रदेश नम्बर ५–केशर रोका(अन्नपूर्ण दैनिक–प्यूठान) र तेजेन्द्र के. सी. (दैनिकपत्र दैनिक–रुपन्देही), कर्णाली प्रदेश – नरजन तामाङ (नयाँपत्रिका–हुम्ला) र गणेश विक(नागरिक दैनिक–रुकुम) प्रदेश नम्बर ७– गगन अएडी(नयाँपत्रिका दैनिक–बाजुरा) र जगदीश रोकाय(अन्नपूर्ण पोष्ट दैनिक–बझाङ) र उपत्यका प्रदेश – संयुक्तरूपमा– नीता सापकोटा (नेपाल टेलिभिजन–काठमाडौं), केशव भुल (सीआइएन–काठमाडौं) र रामु सापकोटा(हिमाल बवर पत्रिका–ललिलपुर)लाई प्रदान गरिएको हो ।
‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’तर्फ प्रदेश नम्बर १— सामुदायिक रेडियो सोलु एफएम (सोलुखुम्बु), प्रदेश नम्बर २– रेडियो निजगढ (बारा), प्रदेश नम्बर ३ – रेडियो तिनलाल (रामेछाप), प्रदेश नम्बर ४– मनासुलु एफएम (गोरखा), प्रदेश नम्बर ५– रेडियो क्रिपालु (प्यूठान), कर्णाली प्रदेश– चंखेली एफएम रेडियो (कालिकोटा), प्रदेश नम्बर ७– सेती सामुदायिक एफएम (बझाङ), उपत्यका प्रदेश – रेडियो राजधानी (काठमाडौं)लाई प्रदान गरिएको छ भने संस्थागत तर्फ नागरिक दैनिक र इमेज च्यानललाई प्रदान गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE