सीटीईभीटीले ५० करोडको छात्रवृत्ति दिने

प्रकाशित मिति :2018-07-13 08:44:27

काठमाडौं/२९ असार – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले वर्ष २०७५ देखि २०७८ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई करिब ५० करोडको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।Image result for ctevt

सीटीईभीटीले यसवर्ष डिप्लोमा तह तथा टिएसएलसी अध्ययन गर्न लागेका करिब ५ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागेको सीटीईभीटीका सूचना अधिकृत मनोज शर्मा न्यौपानेले एजुकेशन न्यूजलाई जानकारी दिए ।

उनका अनुसार नर्सिङ विषय अध्ययन गर्न चाहने २ सय ४२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दैछ । यसैगरी एचएका लागि १ सय ९२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदैछ भने मेडिकल ल्याब टेक्नोलोजीका लागि १ सय १८, फार्मेसीका लागि १ सय १७ छात्रवृत्ति कोटा छुट्टाइएको छ ।

त्यस्तै इन्जिनियरिङका विभिन्न विषयहरु अध्ययन गर्ने ४ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिदैछ भने कृषि तथा बाली विज्ञानतर्फ पनि विभिन्न विषय अध्ययन गर्न चाहाने १ सय ७७ जना विद्यार्थीहरुले छात्रवृत्ति मार्फत अध्ययन गर्न पाउनेछन् ।

सीटीईभीटीले विद्यार्थीहरुलाई प्रदेश अनुसार कोटा छुट्टाइ छात्रवृत्तिका लागि फारम वितरण गरिरहेको सूचना अधिकारी न्यौपानेले बताए । प्रदेश ३ मा सबैभन्दा धेरै विद्यार्थी ५ सय ८३ जनालाई वर्गीकृत छात्रवृत्ति दिँदैछ भने सबैभन्दा थोरै प्रदेश ६ मा डिप्लोमा अध्ययन गर्नका लागि २८ जनाले छात्रवृत्ति प्राप्त गर्ने छन् ।

न्यौपानेका अनुसार छात्रवृत्ति मार्फत अध्ययन गर्न चाहने विद्यार्थीहरुले साउन २ गतेभित्र फारम बुझाइ सक्नुपर्छ । छात्रवृत्तिका लागी प्रवेशिका परीक्षा भने साउन १२ गते बिहान ७ बजे हुनेछ । साउन २ गतेभित्र फारम बुझाउने विद्यार्थीहरुले मात्र छात्रवृत्तिको प्रवेश परीक्षामा सहभागी हुन पाउने सीटीईभीटीले जानकारी दिएको छ ।

हाल सीटीईभीटी अन्तर्गत डिप्लोमा तथा प्रमाणपत्र तहमा ३१ वटा कार्यक्रम र टिएसएलसी अन्तर्गत २३ वटा कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE